काठमाडौँ फागुन १७ गते । माओवादीको स्थायी कमिटीको बैठकले गरेका निर्णयहरु पार्टीमा विवाद उत्पन्न भएको छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीमा फरकमत नै राख्नु भयो । स्थायी कमिटीको बैठकले गरेको जिम्मेवारी हेरफेरमा जनार्दशन शर्माले मात्र होइन, मधेशका नेताहरु समेत विरोध जनाइ रहनु भएको छ ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य देवशरण यादव (विक्रान्त)ले मधेसशप्रदेशमा माओवादीले गरेको कार्यविभाजन उपनिवेशिक मानसिकताको उपज रहेको प्रतिकृया दिनुभएको छ ।
मधेश प्रदेशमा माओवादी केन्द्रले गरेको कार्यविभाजन संघीयता तथा चुनावी राजनीतिको मर्म विपरीत रहेको उहाँले बताउनु भएको छ ।
जनयुद्ध पृष्ठभुमिको नेता कार्यकर्तालाई पाखा लगाई मधेशमा एउटै चिन्तन प्रवृतिको टीम ए, टीम बी लाई नेतृत्व दिनुलाई के भन्ने भनि उहाँले प्रश्न गर्नुभएको छ ।
विधान अधिवेशन र त्यसपछि स्थायी समितीको बैठक समेत ३ महिने अभियानमा जिम्मेवारी लिई फिल्डमा काम नगरेका, गर्न नसकेकालाई कारवाही गर्ने निर्णयको मसी सुक्न नपाउँदै पर्सा जिल्लाको अभियानको इन्चार्जले कुनै प्रभावकारी भूमिका नखेल्दा पनि विशेष गुटको कारण प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाएको उहाँले गुनासो गर्नुभयो ।
‘१० वर्षे जनयुद्ध, १७ वर्षको शान्ति प्रकृया तथा संदीय राजनीति बाबजुद माओवादी केन्द्र पार्टीले मधेश प्रदेशलाई नेतृत्व गर्न सक्ने मधेसी नेतालाई पाउन सकेन वा मधेसी नेतृत्वमाथि विश्वास लागेन वा उपनिवेशिक मानसिकताको उपज काठमाडौंवाट शासन गर्ने योजना अनरुप गैर मधेसीलाई मधेसको नेतृत्व दिनुलाई गम्भीर प्रश्न खडा भएको छ’, नेता बिक्रान्तले भन्नुभएको छ ।
स्थानीय नेता कार्यकर्तावाट पार्टी संचालन गर्ने, स्थानीय जनतावाट निर्वाचित जनप्रतिनिधिले शासन गर्ने वर्तमान संविधान तथा संघीयताको मूल मर्म रहेको उल्लेख गर्दै उहाँले कर्णाली प्रदेशमा पदाधिकारी बाहेक स्थायी समितिबाट ईन्चार्ज बन्न हुने, मधेशमा मधेशीलाई नेतृत्व दिन किन नहुने भनि उहााले प्रश्न गर्नुभएको छ ।
२०६५ साल पछि केही महिना बाहेक मधेश प्रदेशमा पार्टीको नेतृत्व जनयुद्ध पृष्ठभुमि बाहेकले गरेको बताउँदै नेता बिक्रान्तले जनयुद्ध पृष्ठभुमि भएका नेता कार्यकर्ताको तेजोवध गर्ने काम भएको गुनासो गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘मधेशमा पार्टी यो दयनीय अवस्थामा पुर्याउनेहरुलाई मधेशमा जिम्मेवारी दिएर के सावित गर्न खोजेका हुन ?’
भर्खरै सम्पन्न पार्टीको विधान अधिवेशनमा मधेसको ईन्चार्जको हैसियतले रिपोर्टिङ गर्दा मधेशलाई बलात्करीको ठाउँ हो भनि घृणित आरोप लगाउन प्रयत्न गर्दा विधान अधिवेशनमा सहभागी मधेशीहरुले अपमानित महसुस गरेका थिए तर त्यस्तै व्यक्तिलाई इन्चार्ज बनाउनुको उद्देश्य के रहेको भनि उहाँको प्रश्न छ ।
तपाईको प्रतिक्रिया