कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
३१ बैशाख २०८१, सोमबार १८:३८
काठमाडौँ बैशाख ३१ गते । कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ । अभियान सो सम्मेलनले संघीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ विस्तारवाद र इस्लामिक अतिवाद विरुद्ध चेतना जगाउने उदेश्यले आयोजना गरेको बताएको छ।
सम्मेलन गृजेश चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय अध्यक्ष विनय यादवको उपस्थिति रहेको थियो । विशिष्ट अतिथिमाँ प्रदेश सांसद मधुसूदन शरण चौधरी (कुर्मी )का साथै अन्य अतिथिहरूमा युवा नेता कैलाश अग्रहरी ,हिन्दू स्वेमसेवक संघका जिल्ला सह संघ चालक दिनेश चौधरी, विश्व हिन्दू परिषदका जिल्ला अध्यक्ष अशोक पाण्डेय अन्तराष्ट्रिय हिन्दू परिषद्का जिला अध्यक्ष बीरेंद्र चौधरी लगायतको उपस्थिति थियो।
नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त आन्दोलन गरिरहेको छ। सम्मेलनमा हिन्दू धर्मको महत्व र नेपालको राष्ट्रिय पहिचानमा यसको भूमिकाबारे प्रकाश पारिएको थियो ।
त्यस्तै, अभियानले चीनको बढ्दो क्षेत्रीय अतिक्रमण र इस्लामिक कट्टरपन्थी विरुद्ध निरन्तर आवाज उठाइरहेको छ। सम्मेलनमा यस्ता खतराका बारेमा जनचेतना जगाउने र त्यसको सामना गर्ने रणनीति बनाउने विषयमा छलफल भएको थियो ।
जिल्लामा अभियानको आदर्शको प्रचारप्रसार र सङ्गठनलाई बलियो बनाउनु हुनेछ ।
सम्मेलनको समापनमा अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले भने, ूअभियान नेपालको अखण्डता, संस्कृति र स्वाधीनताको रक्षा गर्न प्रतिबद्ध संस्था हो, हामी समृद्ध र शक्तिशाली हिन्दू राष्ट्र निर्माण गर्न अथक प्रयास गरिरहेका छौं, र हामी गर्नेछौं। कुनै पनि विदेशी शक्तिलाई हाम्रो देश कमजोर हुन नदिने ।”
तपाईको प्रतिक्रिया