Khadya Bibhag

अशोक राइसहित सात जना तथा निर्वाचन आयोग विरुद्ध उपेन्द्र यादवले गराए रिट दर्ता (रिटको पूर्णपाठसहित)

काठमाडौँ बैशाख ३१ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग र पार्टी विभाजन गरेका अशोक राइसहित सांसदहरु विरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

अशोक राइ नेतृत्वमा जसपा नेपालबाट बैशा २३ गते अलग भइ निर्वाचन आयोगबाट २४ गते जसपाले मान्यता पाएको थियो ।

रिटमा पार्टी फुटाउन ४०६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने भए पनि त्यो नभएकाले आयोगको निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ ।

 

यस्तै आयोगले निष्क्रिय रहेको कानुनको हवाला दिँदै छुट्टै नयाँ दलको रुपमा दर्ताका लागि दिएको निवेदनमा मागअनुसार दल दर्ताको निर्णय गर्नु त्रुटिपूर्ण रहेको जिकिर गरिएको छ । निर्वाचन आयोगले जसपा दर्ता गर्नका लागि गरेका सबै निर्णयहरु रद्द गरि अन्तरिम आदेशको माग गरेको छ ।

तपाईको प्रतिक्रिया