Khadya Bibhag

महन्थ ठाकुरले गर्नुभयो प्रधानमन्त्री प्रचण्ड समक्ष उपेन्द्रको गुनासो

काठमाडौँ जेठ ३ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्ने कुरा पुनः दोहोर्याउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा आज छलफल गर्नुहुँदै उहाँले सो कुरा दोहोर्याउनु भएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा लोसपा नेपालको नेतृत्वमा अर्को नयाँ सरकार बनाउने प्रतिवद्धता जनाए पनि त्यसबाट पछाडि हटेको धारणा राख्नु भएको छ ।
अध्यक्ष ठाकुरले भनेका थिए, ‘बाराको उपचुनावमा सहयोग गर्नुहोस् चुनावपछि सरकार बनाउनमा सहयोग गर्ने भन्नुभएको थियो तर चुनाव जितेर आएपछि सिधै त्यो प्रतिवद्धता पुरा गर्ने तिर जानु भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले पनि उपेन्द्र यादवले धोका दिएको धारणा राख्नु भएको थियो । उपचुनावपछि सरकार बनाउन लोसपालाई सहयोग गर्ने उहाँ भन्नु नै भएको थियो तर उहाँले कुरा फेरोकामा गुनासो पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया