Khadya Bibhag

पत्रकारलाई धम्काएपछि समाजिक सञ्जालमा चिनियाँ राजदूत चेन सोङको आलोचना

काठमाडौं, जेठ १६ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण ब्याजदर लिएर चीन र नेपालबीच विवाद देखिएको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा नेपालका लागि चिनियाँ राजदूत र नेपाली पत्रकार बिच यसबारे तीव्र बहस चलेको छ ।
टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले आफ्नो एक्समा लेख्नु भएको छ, “पोखरा विमानस्थलका लागि लिएको ऋणको ब्याजदर २ प्रतिशत हुने भनिए पनि ५ प्रतिशत रहेछ ।’ उनको यो भनाइप्रति चिनियाँ राजदूत चेन सोङले कडा आपत्ति जनाउँदै “हालसम्मकै ठूलो झुट’ भन्नुभएको छ ।
राजदुत चेनले आफूले देखेको हालसम्मकै गलत कुरा रहेको टिप्पणी गर्दै यो सार्वजनिक सूचना हो तर यसको बारेमा गलत लेख्ने हिम्मत तपाईलले कसरी गर्नुभएको भनि प्रश्न गर्नुभएको छ ।
त्यसपछि पत्रकार बुढाथोकीले यसको बारेमा प्रमाणसहित प्रकाशित गर्ने दावी गर्नुभयो । अनि राजदुत चेनले कुनै प्रमाण छ भने प्रकाशित गर्न चुनौती दिनुभयो ।
यदि प्रमाण छैन भने खोज्नका लागि समय पनि दिइने भन्दै उहाँले यसलाई गलत मनसायले फैलाइएको टिप्पणी गनुभयो । उहाँले यसको परिणामका लागि प्रतिक्षा गर्न धम्की समेत दिनुभएको छ ।
पत्रकार बुढाथोकीले पोखरा विमानस्थलको बारेमा आफूले आफ्नो म्याग्जीनमा लेख्ने जवाफ राजदुत चेनालाई दिनुभएको छ ।
पत्रकार बुढाथोकीले आफूले न चाइनिज राजदुत र न चीनलाई त्यहाँ केही भनेको बताउँदै आफू सरकारसँग प्रश्न गरेको तर राजदूत चेनले त्यसको नराम्रो प्रतिकृया दिएको गुनासो गर्नुभयो ।
यसरी समाजिक सञ्जालमै सवाल जवाफ भएपछि राजदूत चेनको चर्को आलोचना भइरहेको छ ।
डेनमार्कका लागि पूर्व नेपाली राजदूत विजयकान्त कर्णले यसमा चीनको राजदूतले बोल्नु पर्ने केही नरहेको बताउनुभयो । उहाँले जबर्जस्ती धम्की दिएको टिप्पणी गर्दै पूर्वराजदुत कर्णले यो विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताउनुभयो ।
पोखरा एयरपोर्ट निर्माणमा भएको भ्रष्टाचार, नेगोसिएसन, ऋण लिएपछि कसरी जीटुजी भयो, कमसल सामानको प्रयोग, परियोजना सम्पन्न नहुँदै भुक्तानी र उदघाटन आदि महत्वपूर्ण रहेको उहाँले टिप्पणी गर्नुभएको छ ।
फ्रिडम फोरमले एउटा प्रेस नोट जारी गर्दै राजदूत चेनले वरिष्ठ पत्रकार बुढाथोकीलाई धम्की दिनुभएको छ जो वाक स्वतन्त्रता विरुद्ध रहेको बताएको छ ।
फ्रिडिम फोरमका अध्यक्ष तारानाथ दाहालले पत्रकारलाई माफी माग्न भन्नु गलत रहेको बताउँदै पत्रकारलाई धम्की दिनुभन्दा सही सुचना दिएर सहयोग गर्नुपर्ने बताउनुभयो ।
जुगल भुर्तेल लेख्नुहुन्छ, ‘यसैगरी दक्षिणी वायु चल्या भए काठमाडौंमा कत्रो आँधी आइसक्या हुन्थ्यो। धन्न उत्तरतिर बाट आएको शीतल पवन रहेछ ।’
पत्रकार अनिल गिरी लेख्नु हुन्छ, ‘गजेन्द्र दाइले लेखेको पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ । ए भोषणीहरु हो यहा चीन, भारत कहाँ भनेको छ ? यो प्रश्न नेपाल सरकारलाई पनि होला नि ? कति पैसा ब्याज भनेर बोलेको त सरकार होला नि ! चिनियाँ राजदुत किन बुरुक्क गरेका ?’
अर्का पत्रकार नारायण अमृत लेख्नुहुन्छ, ‘चीनियाँ राजदूत राजदूत मात्रै भइदिए हुन्थ्या े। गरीमा यसैमा रहन्थ्यो । तर यस्तो त लागेन । नेपाली पत्रकार र मिडिया मात्र होइन सोसल मिडिया पनि छिमल्न थालेपछि उनीभित्र नेपालमा ’माइक्रो म्यानेज्मेन्ट’ को कति उत्कट इच्छा र चाहनाको तिब्रता रहेछ भन्ने हामीले किन नबुझ्ने ?’

तपाईको प्रतिक्रिया