Khadya Bibhag

एमाले, माओवादी र जनमतको विाज्ञप्तिप्रति लोसपाको आपत्ति

काठमाडौँ जेठ १७ गते । एमाले, माओवादी र जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेताहरु संयुक्त रुपमा जारी गरिएको विज्ञप्ति प्रति लोकतान्त्रिक समाज पार्टीका नेताहरुले आपत्ति जनाएको छ ।
जनमत पार्टीको नेतृत्वमा मधेश सरकार लोसपासहित पाँच दलको समर्थन रहेको भन्दै विज्ञप्ति जारी गरेपछि लोसपाका नेताहरुले आपत्ति जनाएका छन् ।
मधेश प्रदेशका माओवादी, एमाले र जनमत पार्टीले जारी गरेको विाज्ञप्तिमा भनिएको छ, ‘मधेश प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्टाचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज नेपाल कम्युनिष्ट पार्टी, एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा (एस) दलको सहभागितामा नयाा संयुक्त मधेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ ।
सरकारमा सहभागी भएका दलहरुका बिचमा आपसी सहमति मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रकृयामा सकारात्मक अन्य दलहरुसँग पनि संवाद अघि बढाउन निर्णय भएको छ ।’
जनमत पार्टीका अध्यक्ष सिके राउत आज साँझ अमेरिका उड्नु भएको छ । एयरपोर्टबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर मधेश प्रदेश सरकार बनाउनका लागि सहयोगका आग्रह गरेका थिए । यस विषयमा आफ्ना पार्टीका केही नेता तपाईसँग कुराकानी गर्न आउँछन् समय मिलाई दिन समेत भनेका थिए ।
लोसपाका महासचिव मनिष मिश्रले अध्यक्ष ठाकुरले हुन्छ कुराकानी गर्दा केही बिग्रिदैन पठाई दिनु मात्र भन्नुभएको थियो तर त्यसलाई विज्ञप्ति बनाएर सार्वजनिक गर्नु नै आपत्तिजनक कुरा भएको बताउनुभयो । विज्ञप्ति जारी गरेर जनतालाई भ्रमित गर्ने काम गरेको समेत उहाँले आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया