Khadya Bibhag

के आजै साँझ हुँदैछ नेपालको राजनीतिमा ‘उथलपुथल’ ?

काठमाडौँ असार १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेको जस्तै आज भोलीमै राजनीति उथलपुथल हुन गइरहेको छ । तर यसपटक प्रधानमन्त्री प्रचण्डले होइन, एमालेका अध्यक्ष केपी शर्मा ओलीले उथलपुथल गर्नु लाग्नु भएको छ । शनिवार काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग बालकोटमा भेटेपछि बिकसित राजनीति टर्निङ प्वाइन्टमा आइपुगेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्त्रीलाई स्ट्याण्डवाइ बस्न भन्नुभएको छ । आज बालकोटमा ६ वजे छलफलका लागि बोलाउनु भएको छ । यता, प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्को बैठक बोलाउनु भएको छ ।
हिजो एमालेका अध्यक्ष अ‍ोली र माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड बिच भेटघाट भएको थियो । सो भेटपछि साँझ काँग्रेसका सभापति देउवा र एमाले अध्यक्ष अ‍ोली बिच भेटवार्ता भएको थियो । आज प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोली बिच बालुवाटारमा भेटवार्ता भएको हो । सो भेटवार्ता पछि घटनाक्रम झन अगाडि बढेको छ । स्रोतका अनुसार एमालेका अध्यक्ष अ‍ोलीले आजै आफ्ना मन्त्रीहरुलाई राजिनामा दिलाउने सम्भावना रहेको देखिएको छ । बालकोटको छलफलपछि मन्त्रीहरुले राजिनामा दिने भनिएको छ ।

तपाईको प्रतिक्रिया