Khadya Bibhag

आज राती नयाँ गठबन्धन बन्ने सम्भावना

काठमाडौँ असार १७ गते । सत्ता गठबन्धनमा हेरफेर हुने लगभग निश्चित भएको छ । काँग्रेस र एमाले बिच गठबन्धन बन्ने लगभग निश्चत भएको छ । बुढानिलकण्ठका स्रोत अनुसार केही तलमाथि भएन भने आजै राती एमाले र काँग्रेस बिच सहमति हुने बताइएको छ ।
सहमतिका खाका तयार भइसकेको छ ।
नयाँ समीकरणबारे नेकपा एमालेका नेताहरूसँग छलफल टुङ्ग्याएर नेपाली कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवा निवास पुग्नु भएको छ । कांग्रेस र एमालेका नेताहरुबिच सोमबार साँझ ललितपुरको भिभान्तामा छलफल भएको बताइएको छ ।
मस्यौदा लगभग तयार भएको कांग्रेस नेताहरूको भनाई छ । ‘एमालेसँगको सहमतिको मस्यौदा लगभग तयार भएको छ,’ कांग्रेस महामन्त्री गगन थापाले भन्नुभयो, ‘सभापति देउवासहित नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने तयारी छ ।’
यता उपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव रघुवीर महासेठ भने कांग्रेस एमालेबिच सत्ता सहकार्यबारे कुनै सहमतिको तयारी नभएको दाबी गर्नुभएको छ । आजथ साँझ महासेठसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल लगायतका एमाले नेता अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया