Khadya Bibhag

मधेशी एकता समाज मधेशी कल्याणका लागि प्रतिवद्ध

काठमाडौँ असोज २८ गते । अन्तर्राष्ट्रिय समितिका संयोजक डा.रविन्द्र यादवले मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता राखेर आफूले काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
मधेशी एकता समाजले शनिवार दुबईको जाबेल पार्कमा आयोजना गरेको विजयादशमी, दीपावली र छठको पर्वको शुभकामना अदान प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । मधेशी समुदायको सेवा गर्नका लागि संगठनको प्रभाव र पहुँचलाई बढाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
मधेश प्रदेशका पूर्व प्रमुख डा.राजेश अहिराजको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय समितिका संयोजक यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको बारेमा जानकारी गराउँदै धर्म, जात र धनको आधारमा हुने विभाजनहरूलाई सामान्य रूपमा स्वीकार गर्न नहुने बताउनुभयो ।
जात र धर्मका आधारमा हुने विभाजन समाजका लागि हानिकारक हो भन्दै उनले यस्ता हानिकारण चिजलाई समाप्त पार्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले नयाँ वर्षको कार्यक्रमको पनि मिति घोषणा गर्नुभयो । २०२५ जनवरी ५ को दिन नयाँ वर्षको अवसरमा कार्यक्रम गर्ने जानकारी गराउनुभयो । नयाँ समितिको गठनको लागि चासो राख्ने व्यक्तिहरूलाई अगाडि आउन र संगठनको विकासमा योगदान गर्न पनि आग्रह गर्नुभयो ।
समाजका महासचिव रोशन माक्सिस्टले समाजको उद्देश्य र मधेशी समुदाय बिचको एकताको सांस्कृतिक धरोहरको संरक्षणमा समाजको योगदानलाई उल्लेख गर्नुभयो ।्
कार्यक्रममा जनकपुरको प्रादेशिक अस्पतालमा कार्यरत डा.कृष्ण यादवले कार्यक्रमप्रति खुसी व्यक्त गर्दै नेपालमा संगठनलाई विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो । यस प्रकारका पहलले समुदायका बिचको सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण रहेको बताउनुभयो ।
दुबईमा कार्यरत नर्स नयनाले मधेशी एकता समाजको हिस्सा बनेकोमा आफ्नो खुसी व्यक्त गर्नुभयो । संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो ।
मधेशी एकता समाजका अध्यक्ष धर्मेन्द्र गोहिवारले भन्नुभयो, “हाम्रो संस्कृति र परम्पराहरूको उत्सव मनाउँदा महत्वपूर्ण चाडपर्वहरूले हामीलाई एकतृत गर्ने कार्य गरेको छ ।’ उपाध्यक्ष र इञ्जिनियर व्यवसायी शैलेन्द्रले मधेशी समुदायलाई एकजुट बनाउने आफ्नो दृढ प्रयास हुने बताउनुभयो ।
युवा संयोजक आदित्यले दुवईमा अधिकाँश युवा श्रमिकको रुपमा कार्य गरिरहेका छन् उनीहरुको हितमा आफू र आफ्नो संगठन सक्रिय रहेको धारणा राख्नुभयो ।
समाजका सल्लाहकार इन्जिनियर सुरेशले मधेशी एकता समाज एक जनस्तरीय समुदाय रहेको उल्लेख गर्दै मधेशीहरू यसको बलियो अनलाइन सामाजिक साइट र प्लेटफर्महरूको कारण मधेश समाज एकीकृत हुन थालेको बताउनुभयो । फेसबुक, वेबसाइट, र वर्षभरि आयोजना गरिएका कार्यक्रम र अन्तरक्रियाहरूका माध्यमबाट परिवर्तनका लागि संगठित भएको बताउँदै उहाँले मधेशी श्रमिकहरूको मुद्दामा चासो राख्ने गरेको र त्यसको समस्या समाधान गर्ने प्रयास गरेको बताउनुभयो ।
मधेशी एकता समाजका संस्थापकमध्ये एक अनिल साह आफ्नो परिवारसहित अमेरिका जाने भएपछि समाजले उहाँलाई विदाइ पनि गरेको थियो । विदाइको क्रममा भावुक हुँदै अनिल साहले समुदायबाट आफूले पाएको समर्थनका लागि आभार व्यक्त गर्नुभयो । अमेरिकामा मधेशी संगठनलाई विस्तार गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली राजदुतावास अबु धाबी का तृतीय सचिव द्वय बिमलेश कुमार मिश्र, जनकपुर प्रादेशिक अस्पतालका डा.कृष्ण यादव, विकास भट्टराई, अनुवादक रजी अहमद, मधेशी एकता समाजका विशिष्ट सल्लाहकार अनिल साहलगयात कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया