उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले नै प्रमुख अतिथि बनायो विरेन्द्र महतोलाई
२८ आश्विन २०८१, सोमबार ११:२२
सिरहा असोज २८ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीका कोषाध्यक्ष डा.विरेन्द्र महतोलाई हिजो आइतवार प्रमुख अतिथी बनाएपछि पार्टीमा विवाद उत्पन्न भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट गत बैशाखमा अलग भएर अशोक राइले जसपा गठन गरेका थिए । दुईटै पार्टीमा तलदेखि माथिसम्म द्धन्द छ ।
तर सिरहामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जसपाकै कोषाध्यक्ष महतोलाई प्रमुख अतिथी बनाएर कार्यक्रम गरेको छ । सिरहा नरहा ४ नम्बर वडाका वडाअध्यक्ष रामविलेक्षण यादवले सो वडामा मन्दिर स्थापनाका लागि शिलान्यास कार्यक्रममा जसपा नेपालका कोषाध्यक्ष महतोलाई प्रमुख अतिथि बनाएका थिए ।
जसपाका कोषाध्यक्ष महतो प्रमुख अतिथी भएपछि जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरु त्यसलाई रोक्ने प्रयास गरेका थिए । जसपा नेपालका नेता विजय यादव (चोहर्वा)लगायतका नेताहरुले जसपाका कोषाध्यक्ष एवं पूर्वमन्त्री महतोलाई कालोझण्डा देखाउनु भएको थियो ।
कालोझण्डा देखाउँदा प्रहरीले हस्तक्षेप गरेको थियो ।
जसपा नेपालका केही नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको थियो । दुवै पार्टीका नेताहरुको बिचमा झडप भएका थियो । जसपा नेपालका एक नेताले भन्नुभयो, ‘विरेन्द्र महतोले एमालेका लठैतहरु लगाएर हाम्रो पार्टीका नेता तथा कार्यकर्तामाथि कुटपिट गर्न लगाउनुभयो ।’
जसपा नेपाल जिल्ला समन्वय समितिले यो घटनाको बारेमा छानविन गर्ने भनिएको छ ।
तपाईको प्रतिक्रिया