सिरहा मंसिर १९ गते । संघीय सरकार र गाउँपालिका औरहीको संयुक्त लगानीमा श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीमा भवन तथा विभिन्न पूर्वाधार निर्माणका लागि हिजो मंगलवार शिलान्यास भएको छ ।
सो भवन तथा पूर्वाधार निर्माण कार्यको शिलान्यस गाउँ विकास समितिका अध्यक्ष शिवजी यादवले गर्नुभयो ।
चिल्ड्रेन पार्क अन्तर्गत २४ कोठे तीन तल्ले पक्की भवन, बास्केटवल कोर्ट, चिल्ड्रेनपार्क, प्रार्थना कोट, मञ्च, गार्डेन र साईकल स्टेन्ड निर्माणको लागि संघीय सरकार र गाउँ पालिका औरहीको लगभग रकम सात करोड ९४ लाख रुपियाँ लगानी रहेको छ । शिलान्यस कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया