Khadya Bibhag

मुख्यमन्त्रीलाई उमेश यादवको प्रश्नः “कृषि विश्वविद्यालय बन्द गराउन खोज्नुभएको हो ?’

काठमाडौं मंसिर २० गते । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमेश यादले मधेस कृषि विश्वविद्यालयसँग जनमत पार्टीले दुश्मनी साधेको आरोप लगाउनु भएको छ ।

जनमत पार्टीबाट मुख्यमन्त्री बन्नु भएका सतिशकुमार सिंहले कृषि विश्वविद्यालयको बजेट काटेर सप्तरीका जनतालाई सजाय दिएको टिप्पणी समेत गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “मधेस कृषि विश्वविद्यालयसँग केसँग के को बैरी ? के को दुश्मनी ?’ नेता यादवले मुख्यमन्त्री सिंहलाई भन्नुभएको छ, ‘चुनावी प्रतिस्पर्धामा तपाईंलाई, तपाईंको पार्टीलाई जनताले प्रतिनिधिसभा, प्रदेशसभामा शानदार ढङ्गले जिताएकोमा सप्तरीको जनताले, यस क्षेत्रको जनताले सजाय भोग्नुपर्ने हो त ?’


मधेश कृषि विश्वविद्यालयको भवन निर्माणको शिलान्यासमा भएको विवादले जनमत पार्टी दुश्मनी साध्ने गरेको आरोप स्पतरीवासीको पनि रहेको छ । मधेश कृषि विश्वविद्यालयको भवन निर्माणको शिलान्यसको प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव हुनुभएको थियो ।

जुन कुरालाई जनमत पार्टीले स्विकार गरेको थिएन । जनमत पार्टीका नेता कार्यकर्ताले आन्दोलन नै गरेका थिए । शिलान्यसस्थलमा झडप हुँदा जनमत पार्टीका तत्कालिन शिक्षामन्त्री महेश यादवलगायतका नेता तथा कार्यकर्ता घाइते हुनुभएको थियो । त्यसपछि जनमत पार्टीले त्यसलाई प्रतिष्ठाको विषय बनाएको थियो ।

मधेश प्रदेश सरकारको नेतृत्व जनमतको हातमा आएपछि कृषि विश्वविद्यालयको बजेटमा कटौती गर्नुको साथै अन्य कार्यक्रममा पनि रोक लगाएको थियो । केही समय विश्वविद्यालय बन्द नै थियो ।

मधेस कृषि विश्वाविद्यालयको सपना पूरा भएकोमा खुसी लागेको छ: यादव
लोसपा नेपालका नेतृ रानी शर्मा शिक्षा मन्त्री बनेपछि पठन पाठन खुल्ला भएको हो तर बजेटमा वृद्धि गरेको छैन ।
जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारले आर्थिक वर्ष २०७८\०७९ मा ३१ करोड बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७९–०८० मा डेढ अर्बको बजेट आएको थियो । त्यस्तै आव २०८०\०८१ मा ३० करोड विनियोजन गरिएको थियो तर जनमत पार्टीको नेतृत्वमा सरकार गठन भएपछि २०८१\०८२ मा १० लाख मात्र विनियोजन गर्यो ।

यसले जनमत पार्टीको नियत स्पष्ट भएको छ । त्यसैले माओवादी केन्द्रका नेता यादवले प्रश्न गर्नुभएको छ, ‘के वर्तमान प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय बन्द गराउनै खोजेको हो ?’

तपाईको प्रतिक्रिया