जनकपुर बोल्टस्को लगातार तेस्रो जित, सबभन्दा महँगो क्लब पोखरा एभेन्जेर्स पराजित
२० मंसिर २०८१, बिहीबार १२:५८
काठमाडौँ मंसिर २० गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्टस्ले लगातार तेस्रो जित हासिल गरेको छ । काठमाडौँको किर्तिपुर क्रिकेट खेल मैदानमा भएको खेलमा बोल्टसले विहिवार खेलेको पहिलो खेलमा पोरखा एभेन्जेर्समाथि सात विकेटको सजिलो जित हासिल गरेको छ ।
पोखरा एभेन्जर्सले निर्धारिता ओभरमा सात विकेट गुमाएर १३८ बनाएको थियो । त्यसको जवाफमा जनकपुर बोल्टस्ले १७.१ ओभरमै केवल तीन विकेट गुमाएर १४३ रन बनाउने विजय हासिर गरेको छ ।
जनकपुर बोल्टस्ले यसअघि खेलिएको दुई खेलमा पनि विजयी भएको थियो । आफ्नो पहिलो खेलमा जनकपुर बोल्टस्ले विराटनगर किङग्सलाई आठ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले बोल्टस्ले हराएको थियो । तीन खेल खेलेको जनकपुर बोल्टस् ६ अंक सहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
तपाईको प्रतिक्रिया