Khadya Bibhag

कोषाध्यक्ष सुरेन्द्र यादवले मागे सिके राउत चढ्दै गरेको गाडी फिर्ता

काठमाडौँ फागुन २५ गते । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । तर बैठक अघि नै पार्टीमा विवाद उत्पन्न भएको छ । पार्टीका कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारवाही गरिएको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कोषाध्यक्ष यादवमाथि पार्टीको हिसाब किताब हिनामिना गरेको, पार्टी विभाजनको गतिविधिमा लागेको, पार्टीमा आफ्नै उम्मेदवारलाई हराउन लागेको जस्ता आरोप लगाएर स्पष्टिकरण सोध्नु भएको छ । सात दिनभित्र स्पष्टिकरण दिन भन्दै उहाँले पार्टीबाट निलम्बन पनि गर्नुभएको छ ।

यता कोषाध्यक्ष यादवले पाँच करोड रकमको हिनामिना अध्यक्ष राउतले गरेको र त्यो हिसाबभन्दा त्यसरी आफूमाथि कारवाही गरेको आरोप लगाउनु भएको छ । विभिन्न सञ्चारमाध्यममा यो कुरा आएको हो । यो विषयमा सहारा टाइम्सले कोषाध्यक्ष यादवसँग सम्पर्क गर्दा उहाँले पाँच करोड मात्र होइन त्यो भन्दा बढी रुपियाँ सिके राउतलाई दिएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँसँग संगठनमा लागेदेखि प्रत्येक महिना एक लाख, दुई लाख कहिले काही पाँच लाखसम्म दिएको छु, त्यसको हिसाब गर्नुस् कति रकम हुन्छ मैले उहाँलाई रकम दिएको छु त्यो कहाँ खर्च भएको छ कसरी खर्च भएको छ त्यसको हिसाब दिनुपर्छ कि पर्र्दैन, हिसाब दिन किन मान्नु भएको छैन, त्यही हिसाब माग्दा उहाँले पार्टीबाट कारवाही गर्नुभएको छ ।’

सिके राउतले चढ्दै गर्नुभएको गाडी किन्न पनि आफूले रुपियाँ दिएको दावी गर्दै कोषाध्यक्ष यादवले त्यो गाडी पनि फिर्ता गर्नुपर्ने बताउनुभयो । त्यो गाडी पनि सिके राउतको नाममा छैन, अरु कसैको नाममा छ तर त्यसमा ७० लाख रुपियाँ आफूले दिएको र त्यो रकम माग्दा उल्टै विभिन्न आरोप लगाउँदै कारवाही गरेको, प्रहरीमा थुन्न लगाउने जस्ता धम्की दिनुभउको बताउनुभयो । पार्टीभित्र छलफल गरेर मलाई कुरा राख्न दियोस् वा जनताको बिचमा मलाई कुरा राख्न दियोस् कहाँ कहाँ हिसाब छ सबै दिन्छु, उहाँले भन्नुभयो, ‘मेरो दायित्वमा रहेको हिसाब म दिन्छु सिके राउतको दायित्वमा रहेको हिसाब उहाँले दियोस् कुरा क्लियर छ ।’

तपाईको प्रतिक्रिया