सडक सुनसान छ, त्यसको फाइदा उठाएर होहल्ला भइरहेको छ–सोनल
२५ फाल्गुन २०८१, आईतवार ०९:२३
काठमाडौँ फागुन २५ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, सत्ता र प्रतिपक्ष , सरकार र सडकको सन्तुलन आवश्यक रहेको बताउनुभयो ।
सरकारको बेथिति लगायतको विषयमा सचेत गराउने मुख्य कार्य प्रतिपक्षको रहेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रमुख दुई ठुला दल मिलेर सरकार संचालन गर्दै छन । सडक शुन्य प्राय छ । त्यसको फाइदा उठाएर केही हो हल्लाहरु भइरहेका छन।’ एउटा ठूलो दलको गठबन्धनमा सरकार संचालन र अर्को ठूलो दलको गठबन्धनमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने वातावरण बनाउन उहाँले आग्रह गर्नुभएको छ ।
आन्दोलनको उपलब्धिको रक्षा गर्न माग गर्दै उहाँले भन्नुभयो, ‘संघीयतालाई संस्थागत गर्दै कार्यान्वयनको दिशामा अगाडि बढौ, भ्रष्टाचारलाई निर्मुल गर्दै बेथितिलाई अन्त गरौ । सबै किसिमको विभेदलाई समाप्त पारी नगरिकमा आशाको किरण छर्दै अगाडि बढौ ।’
तपाईको प्रतिक्रिया