Khadya Bibhag

बैठक बहिष्कार गर्नुभएका उपाध्यक्ष साहले सिके राउतलाई भन्नुभयो, ‘अरूलाई दोष दिनुको सट्टा, समाधान खोज्न सुरु गर्नुहोस्’

काठमाडौँ फागुन २५ गते । जनमत पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गर्नुभएका उपाध्यक्ष ई.दीपक साहले पार्टीका अध्यक्ष डा.सिके राउतलाई विभिन्न चार वटा उपदेश दिनु भएको छ । जनमत पार्टीका अध्यक्ष राउतले उपाध्यक्ष साहलाई स्पष्टिकरण सोध्दै कारवाही गरेका गर्नुभएको छ ।
अध्यक्ष राउतले सोधिएको स्पष्टिकरण पढेपछि विभिन्न विद्वानले व्यक्ति गरेका विचारलाई उपदेशको रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँले अध्यक्ष सिके राउतलाई भन्नुभएको छ, ‘प्रतिक्षा करो ।
स्पष्टिकरण पढेपछि तल लेखिएका केहि उद्धरणहरू सम्झै ।’ रोय टी. बेनेट, द लाइट इन द हार्टको भनाइलाई उद्धृत गर्दै उनले ‘समस्याको बारेमा गुनासो गर्नु र अरूलाई दोष दिनुको सट्टा, समाधान खोज्न सुरु गर्नुहोस्।’ उल्लेख गर्नुभएको छ ।
विद्धान जोको विलिंकको भनाईलाई उद्धृत गर्दै उपाध्यक्ष साहले ‘यदि तपाईंले आफ्नो अहंकारलाई आफ्नो बाटोमा ल्याउनुभयो भने, तपाईं अरू मानिसहरू र परिस्थितिहरूलाई मात्र दोष दिनुहुनेछ’ भन्नुभएको छ । ह्युबर्ट एच. हम्फ्रेको भनाईलाई उद्धृत गर्दै उहाँले ‘गल्ती गर्नु मानवीय हो । अरू कसैलाई दोष दिनु राजनीति हो, भन्नुभएको छ । त्यस्तै, प्याट पलसेनको भनाईलाई उद्धृत गर्दै उहाँले भन्नुभएको छ, ‘राजनीतिक लाभको लोभी, केवल एक सस्तो राजनीतिज्ञले मात्र एक व्यक्तिलाई दोष दिन खोज्छ । दोष व्यक्तिको होइन, प्रणालीको हो, र त्यो प्रणाली रिचर्ड निक्सन हो ।’
जनमत पार्टीमा अध्यक्ष राउतको सबभन्दा नजिक नेता मानिएको उपाध्यक्ष साहलाई पनि कारवाही गरिएको छ । उहाँमाथि पनि पार्टी विभाजनमा लागेको, पार्टीको उम्मेदवारलाई हराउन लागेको, जनमत पार्टीलाई मतदान नगरेको जस्तो आरोप लगाउनु भएको छ ।
आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा गएर उहाँले त्यसलाई बाहिष्कार गरेर निष्कनु भएको छ ।

तपाईको प्रतिक्रिया