सिरहा बैशाख ११ गते ।
जनता समाजवादी पार्टी, नेपाल सिरहा जिल्लाको नयाँ कार्यसमिति चयन भएको छ । बैशाख ८ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा आजसम्म सर्वसम्मत नहुँदा चुनाावमा जाने तयारी गरेको थियो । प्रकृया पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा सिरहाका केन्द्रीय नेताहरूलाई सर्वसम्मति गर्ने जिम्मेवारी दिएको थियो ।
केन्द्रीय नेताहरुले छलफल गरेर टुग्यांएका अध्यक्ष
सहितका पदाधिकारीहरु:
अध्यक्ष :- अशोक कुमार यादव
उपाध्यक्ष:- लाल बहादुर साह
उपाध्यक्ष:- अशोक कुमार मण्डल
सचिव:- विन्द कुमार मण्डल
उप सचिव:- दिनेश कुमार महतो
उप सचिव :- इन्दल कुमार मण्डल
कोषाध्यक्ष:- लक्ष्मी श्रेष्ठ यादव
जसपा नेपाल सिरहाको कार्यसमिति ५७ बनेको छ ।


तपाईको प्रतिक्रिया