Khadya Bibhag

भारतीय प्रधानमन्त्री मोदीले नेपालको घटना बारे गर्नुभयो दुख व्यक्त

काठमाडौं भदौं २४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भइरहेको हिंसात्मक घटनाबारे गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । दिनभरको भ्रमण सकेर फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालका पछिल्ला घटनाक्रमबारे विस्तृत छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले हिंसाबाट धेरै युवाले ज्यान गुमाउनु परेकोमा गहिरो दुःख प्रकट गनुृभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत भन्नुभयो, “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालमा स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ ।”

प्रधानमन्त्री मोदीले शान्ति–व्यवस्था कायम राख्न नेपालहिरुलाई विनम्र अपील पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया