Khadya Bibhag

रामरिझन यादव भन्नुहुन्छ “सेनापतिको कदमले संविधान खारेज गर्ने संकेत दिन्छ”

काठमाडौं, भदौ २६ गते । राजनीतिकर्मी एवं सामाजिक अभियन्ता रामरिझन यादवले वरिष्ट पत्रकार किशोर नेपालको सामाजिक सञ्जालमा गरिएको अभिव्यक्तिको हवाला दिँदै प्रधान सेनापतिले राष्ट्रपतिलाई राजीनामा दिन दबाब दिएको खबर सार्वजनिक भएको बताउनु भएको छ ।

यादवका अनुसार यस्तो कदमबाट वर्तमान संविधान खारेज गर्ने मनसाय लुकेको देखिन्छ। उहाँले, “हिजो सिंहदरबार र राष्ट्रपति भवन धू–धू जलिरहेको अवस्थामा देशका एकमात्र भरोसाका केन्द्र नेपाली सेना व्यारेकभित्र बसिरहेका थिए। त्यो बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठ्छ। यदि सिंहदरबारमा २०० जति सेना परिचालन गरिएको भए हाम्रो ऐतिहासिक धरोहर सुरक्षित हुनेथियो।”

उहाँले जेन–जेड आन्दोलन (जीएन–जी) को उद्देश्य तोडफोड नभएको स्पष्ट पार्नुभएको छ। साथै, सेनापतिले राष्ट्रपति संग समस्या समाधानका लागि सल्लाह गर्ने समयमा राजीनामा माग्नु अनुचित रहेको उहाँको भनाइ छ।

यादवले थप्नुभयो, “संघीय संसद जीवित छ। देशमा उत्पन्न सबै समस्याको समाधान गर्ने हैसियत संसदले नै राख्छ। प्रधानमन्त्री पनि संसदबाटै चयन हुनुपर्छ, बाहिरबाट होइन।”

उहाका अनुसार जीएन–जी आन्दोलनले सुझाएका व्यक्तिहरू असल र दक्ष भए पनि वर्तमान संविधानको धारा १३२(२) ले संसदबाहिरबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था नगरेकाले संवैधानिक प्रक्रिया पालना गर्नुपर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया