२०८२/०५/२५
प्रेस विज्ञप्ति
सम्माननीय सभामुखज्यू, प्रतिनिधी सभा, नेपाल ।
विषयः- सामूहिक राजीनामा दिएको बारे ।
देशको वर्तमान आन्दोलन र अवस्थालाई मध्यनजर गर्दै नौलो गणतन्त्रले नै त्यसलाई सम्बोधन गर्न सक्ने आस्थाका साथ सोको स्थापनाका लागि प्रतिनिधी सभाको सदस्यको पदबाट आजैको मितिबाट जनमत पार्टीका तपसिलका संघीय प्रतिनिधि सभा सदस्यहरू सामूहिक राजीनामा दिएको ब्योहोरा जानकारी गराउँदछु । जनतासँग उभिएको र जनतासँगै उभिने स्मरण समेत गराउन चाहन्छु । ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
तपसिलका
१. मा. अब्दुल खान
२. मा. अनिता देवी
३. मा. बिनिता सिंह दनुवार
४. मा. गोमा लाभ सापकोटा
५. मा. सोनु मुर्मु
मा. अनिता देवी
प्रमुख सचेतक
प्रतिनिधि सभा सदस्य
तपाईको प्रतिक्रिया