Khadya Bibhag

गृहमन्त्रीलाई सुदन गुरुङले दिनु भयो चुनाव हुन नदिने चेतावनी

काठमाडौं, मंसिर २१ गते । जेनजीका नेता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश आर्याललाई चुनाव हुन नदिने काडा चेतावनी दिनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत एक कडा सन्देश जारी गर्दै गृहमन्त्री आर्यालले जनताको भरोसा तोडेका आरोप लगाउनुभएको छ ।

गुरुङले लेख्नुभएको छ, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन। देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि ‘जेनजीलाई कारबाही गर’ भन्ने मात्र सुन्ने गृहमन्त्री राष्ट्रप्रति अपमान हो।”

उहाँले गृहमन्त्रीलाई सहिदको बलिदान र जनताको आँसु सम्झन आग्रह गर्दै भन्नुभएको छ, “काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो। अब त्यो समय आएको छ, किनभने दुई महिना बितिसक्दा पनि न त कुनै भ्रष्टाचारमाथि कारबाही भएको छ, न त कुनै हत्यारा पक्राउ परेको।”

गुरुङले आफू र आफ्नो टोलीमाथि भ्रामक समाचार र चरित्रहत्या भए पनि सहनु परेको उल्लेख गर्दै भन्नु भएको छ, “मैले सोचें, कामले बोल्छ। तर अब तपाईंबाट आशा मरिसकेको छ।”

उहाँले भन्नुभएको छ, “हामी योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि लडेका हौं। नेपाली युवाहरू मूर्ख छैनन्, हामी हेर्दैछौं।”

सन्देशको अन्त्यमा उहाँले चेतावनी दिनुभएका छन् कि यदि सरकार र गृह मन्त्रालयले जनताको माग सम्बोधन नगरे भने आउने चुनाव रोक्ने आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, “नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन। दुई दिनपछि हुने प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।”

तपाईको प्रतिक्रिया