काठमाडौँ मंसिर १५ गते । पटक–पटक स्थगित हुँदै आएको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। पुस २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिकाबारे अन्तिम छलफल गर्न बैठक बोलाइएको हो।
चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र मतभेद बढ्दै गएपछि यसअघिका बैठकहरू निरन्तर सर्दै आएका थिए। नेताहरूबीच सहमति नजुट्दा कार्यतालिका टुंगो लगाउन नेतृत्व दबाबमा परेको छ।
आजको बैठकले महाधिवेशनको मिति, तयारी र प्रक्रिया बारे स्पष्ट निर्णय गर्ने अपेक्षा गरिएको छ। पार्टीभित्र बढेको असन्तुष्टि र गुटगत ध्रुवीकरणबीच बस्न लागेको बैठकले संगठनात्मक दिशाबारे महत्वपूर्ण सन्देश दिने देखिएको छ।


तपाईको प्रतिक्रिया