आज के गर्छ जसपा नेपालले ?

काठमाडौँ चैत २७–नेपाली काँग्रेसले सत्ता समिकरणका लागि छलफल गर्न आज नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल गर्ने भएको छ । आज ३ वजे काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा हुने छलफलमा जसपा नेपालको प्रस्तुती कस्तो हुने कुरामा सबैको ध्यान गइरहेको छ । 

काँग्रेस र माओवदाी केन्द्रबीच कुराकानी मिल्ने सम्भावना देखिन्छ तर जसपा नेपालमा देखिएको आन्तरिक विवादका कारण त्यो कुरा मिल्ने सम्भावना कम रहेको देखिएको छ ।  

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादीसँग मिलेर अ‍ोलीको विकल्पमा जानुपर्ने निर्णय गराउने तयारीमा छन् भने सो पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले माग पुरा हुने ग्यारेन्टी नभएसम्म प्रचण्ड र देउवालाई समर्थन नगर्ने तयारीमा रहेको बुझिएको छ । 

प्रधानमन्त्री ओलीले आफूहरुको माग पुरा गर्ने प्रकृया सुरु गरिसकेका हुनाले त्यसको विरोधमा जान नसकिने महन्थ ठाकुरको धारणा रहेको छ । राजपा नेपालको बीचमा चलेको आन्तरिक द्धन्दले आजको वार्तालाई कता लैजाने जसपामा भर पर्छ । 

तपाईको प्रतिक्रिया