भारतबाट जीटुजीबाट मल ल्याउन मन्त्रीपरिषद्ले दिए सहमति

काठमाडौं जेठ १८ गते । मन्त्रीपरिषद्को बैठकले भारतसँग जीटुजी (सरकार–सरकार) मा रासायिनक मल खरिद गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालययलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

कृषि मन्त्रालयका सचिव डा.योगेन्द्र कार्कीका अनुसार भारतले पठाएको मल खरिद सम्झौतामा कृषि मन्त्रालय आवश्यक संशोधन गरेर स्वीकृतिका मन्त्रीपरिषद्मा पेश गरेको थियो, त्यसैमा सैद्धान्तिक सहमति दिएको हो । अब मन्त्रालयले यो प्रकृयालाई द्रुतगतीमा अगाडि बढाउने उहाँले बताउनुभयो । भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने र वार्षिक पाँचलाख मेट्रिकटन मल ल्याउने तयारी रहेको उहाँले बताउनुयभो ।

किसानले वर्षेनी झल्दै आएको रसायनिक मलको समस्या यसपटक त्यस्तो समस्या नहुनेमा मन्त्रालय सजग रहेको बताउँदै उहाँले बंगलादेशबाट जीटुजीमार्फत मल आइसकेको छ भने चीनबाट ग्लोबल टेन्डरबा ट युरिया मल आइरहेको छ । अन्य देशहरुबाट धमाधम मल आइरहेको बताउँदै उहाँले अहिले पनि भण्डारमा पर्याप्त मल रहेको र किसानलाई कुनै प्रकारको अभाव हुन नदिन सम्बन्धी क्षेत्रलाई आफूले पत्र पठाई सकेको पनि बताउनुभयो ।

तीन वर्षभित्र आफ्नै रसायनिक मल खोल्ने वजेटमै कुरा आइसकेको बताउँदै उहाँले अब नेपालमा मलको अभाव नहुने ग्यारेन्टी लिन अवस्थामा सरकार पुगेको उहाँले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया