म्यानपावरबाट विदेश गएकाहरुले दुख पाएको देखेर जासर लाग्नुभयो कृषिमा

–रोहित महतो
‘कृषि कर्म थाल्दा घर–परिवारदेखि सबैजसो चिनजानकाले मलाई यो पागल भयो भन्दै गाली गर्नुहुन्थ्ज्यो, यो केटोले भए भरको सम्पत्ती डुवाउँछन्, आफ्नो भविष्य आफै खराब गर्दैछन्, आम–बुवा, छोराछोरी सबैलाई सडकमा ल्याउने भयो भन्दै मलाई सबैतिरबाट यस्तै कुरा आउथे, जासर आफ्नो कथा सुनाउँदै भन्नुभयो, आफन्त र चिनजानेले मैले गरेको कामलाई पत्याएनन्–पत्याएनन् मेरा घरका मान्छेहरुले पनि मेरो काममाथि विश्वास गर्नुभएको थिएन तर म हिम्मत हारिनन्, जोखिम नलिइ अघि बढ्न सक्दैन भनि कुरा आत्मसात गर्दै मैले आफ्नो उद्देश्य पुरा गर्नेतिर लागेका थिए मैले त्यसबेला घरका आफन्तका कुरा सुनेको भए आज म यो सफलता हासिल गर्न सक्दैन्थे ।’

यो माथिको भनाई हो महोत्तरी, एकडाँरा गाउँपालिका–४ का जासर यादवको जसले म्यानपावर चलाएर महिनाको लाखौं रुपियाँ कमाउनु हुन्थ्यो । अहिले उहाँ सो काम छाडेर आफ्नो गाउँ ठाउँमा कृषि कर्म सुरु गर्नुभएको छ ।

तर सुरुमा उहाँले त्यो काम थालनी गर्दा सबैले उहाँलाई पागल भन्थे । तर आज कृषिमा उहाँको प्रगति हेर्दा पागत भन्नेहरु पनि प्रसंशा गर्न थालेको छ । जुन व्यक्तिले केही दिनअघिसम्म उहाँलाई पागल भन्थे । उहाँलाई मान्ने धेरैजसो साथीभाइ र आफन्तले कृषिमा लागेपछि साथै छाड दिएका थिए । यहाँसम्म कि उहाँको परिवारमा विवाद नै उत्पन्न भयो । उहाँको बुवाले रिसाएर उहाँसँग बोल्नै छाड्नु भयो । भाइ अलग भएर छुट्टै बस्न थाले । अरू आफन्तहरू उहाँलाई मूर्ख भन्दै सम्झाउने प्रयास गरेका थिए । सबैले साथ छाड्दा पनि उहाँले आफ्नो कृषिको सपना पुरा गर्न छाड्नु भएन ।

म्यानपावरको मालिक
एक वर्षअघिसम्म जासरले युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर चलाउनु हुन्थ्यो । काठमाडौंमा उहाँको सानदार कार्यालय थियो । त्यहाँबाट महिनाको चार पाँच लाख रुपियाँ कमाउनु हुन्थ्यो उहाँ । उहाँको म्यानपावरको काम पनि सानदानर ढंगले चलिरहेको थियो । उहाँलाई त्यहाँ कुनै समस्या थिएन तर उहाँलाई केही नयाँ गरौंं, केही चुनौतिको सामना गरौं लागेर उहाँले म्यानपावर बेचेर कृषिमा लगानी गर्नुभएको थियो ।

जासरले म्यानपावर व्यवसाय छाडेर त्यहाँबाट कमाएको सबै रकम कृषिमा लगानी गर्नुभएको छ । यसरी जोखिम मोल लिने प्रेरणा उहाँ जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पाउनु भएको थियो । जोखिम मोल नलिइकन अगाडि बढ्न सकिन्न, सिके राउतले भनेको कुरालाई अहिले पनि उहाँ सम्झनु हुन्छ । र, त्यही भनाईको प्रेरणाले उहाँ अहिले कृषिमा सफल भइरहनु भएको छ । अहिले उहाँले रौतहट र महोत्तरीमा गरी ६५ विघा जग्गामा कृषि गर्नुभएको छ । यसमध्ये ५३ विघामा माछा, हाँसको अण्डा, कागती, तरकारी, केरा, मेवा, लगायत खेती गर्नुभएको छ भने १२ विघामा अन्य बाली लगाउनु भएको छ ।

म्यानपावर चलाउँदा चलाउँदै उहाँलाई राजनीतिको भूत पनि सवार भयो । मधेश आन्दोलनमा सहभागी त हुनुहुन्थ्यो नै । मधेश आन्दोलनसँगै उहाँ केही समय मधेशी जनअधिकार फोरममा आवद्ध भएर पनि काम गर्नुभयो । त्यसपछि अन्य दलहुँदै सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा पनि सहभागी हुनुभएको थिया । उहाँले मधेशको लागि जुन जुनुन सिके राउतमा पाउनु भएको थियो त्यो जुनुन अरु कसैमा पाउनु भएको थिएन । मधेशलाई कसैले कल्याउन गराउन सक्छ भने त्यो हो सिके राउत भनि उहाँलाई लागि सकेको थियो । त्यही भएर म्यानपावर सञ्चालन गर्नुको साथ साथै उहाँ राजनीतिलाई पनि साथसाथै चलाउनु भएको थियो ।

कृषिमा क्रान्ति ल्यायो भने मधेसको समृद्धि हुन्छ भन्ने कुरा उहाँ सुरुदेखि नै सुन्नुभएको थियो । यो कुरा सिके राउतले उहाँलाई सिकाउनु भएको हो । सिके राउतले पनि कृषि क्रान्तिको कुरा पटकपटक गर्नुहुन्छ । उहाँको साथमा रहेको कारण जासरलाई पनि मधेशको समृद्धि कृषिले मात्र सम्भव भएको हुनाले त्यसमा लाग्नुपर्ने सोच उहाँमा आएको थियो । तर जब सिके राउत स्वतन्त्र मधेशको नारा छाडेर मुलधारको राजनीतिमा आउनुभयो अनि जासरको आश टुट्यो । उहाँले राजनीतिबाट पनि केही गर्ने सोच बनाएर नै सिके राउत जस्तो व्यक्तिको पछि लाग्नु भएको थियो । उहाँले सिके राउतको साथ छाडेर पूर्ण रुपमा कृषिमा लाग्नुभयो । राउतको पार्टीमा उनी विदेश विभाग सम्हाल्नु हुन्थ्यो । उहाँ पाँच वटा देश पुगेर संगठन विस्तार गर्नुभएको थियो ।

संगठन निर्माण गर्न जाँदा विदेशमा नेपालीको अवस्था हेर्दा उहाँलाई लाग्यो बेकारै यत्रा मान्छे विदेश पठाएको भन्दै मनमा कुरा उठ्न थाल्यो । त्यसपछि उहाँले म्यानपावरकै कामै छोड दिनुभयो । आफूहरुले पठाएको व्यक्तिले यत्रो दुख पाउँछन् भनि थाह पाएर नै म्यानपावरको काम छाडेर कृषिमा लाग्नु भएको थियो ।

जासरले आज मात्र दुख गर्नुभएको होइन, सुरुदेखि नै दुख गरेको कारण आज सफलतातिर लम्किरहनु भएको छ । उहाँ काठमाडौँ आएको झण्डै ३० वर्ष हुन लागेको छ । उहाँ धेरै पढ्नु भएको छैन । नौ कक्षामा अध्ययन गरिरहेको बेला आफ्नो गाउँ छाडेर उहाँ काठमाडौँ आउनु भएको थियो । बाल्यकालमा काठमाडौँ आउनु भएका जासर कामका लागि काठमाडौँमा निकै भौतारिनु भएको थियो । अन्त्यमा उहाँलाई काठको काम भेट्यो । उहाँ काठको काम गर्न जान्नु भएको थिएन, तैपनि उहाँले थाल्नुभयो ।

गर्दै गएपछि सिक्नुभयो । उहाँले काठका समानहरु बनाएर बेच्न थाल्नुभयो । त्यतिबेला काठमाडौँमा काठका काम गर्ने थोरै पसलहरु थिए । त्यही भएर उहाँको काठको काम राम्रो चल्न थाल्यो । काठको कामले गति लिँदै गयो । उहाँ काठकै काममा रमाउनुभयो । त्यहाँ पनि उहाँले राम्रै आम्दानी गर्नुभएको थियो ।

उहाँको काठको काम २० वर्षसम्म गर्नुभयो । त्यसपछि उहाँले त्यो पेसा छाड्नुभयो । काठमाडौँ बसेको कारणले विदेश पठाई दिन उहाँलाई निकै मान्छेलाई भन्न थाले । गाउँठाउँका र चिनेजानेकाहरुले विदेश पठाई दिनका लागि भन्न थाले तर उहाँलाई त्यस विषयमा कुनै ज्ञान थिएन । तैपनि पासपोर्ट लिएर म्यानपावरहरुमा जान थाल्नुभयो । एक दुईटा गरी उहाँले विदेश पठाउन सुरु गर्नुभयो । त्यसपछि उहाँलाई पासपोर्टहरु आउन थाल्यो । त्यहाँ पनि उहाँले राम्रै आम्दानी गर्न थाल्नुभयो ।

त्यसपछि उहाँले २०७० मा काठमाडौंको बसुन्धरामा अग्रिम ओभरसिज नामक कम्पनी खोल्नु भएको थियो । म्यानपावर खोल्ने बेलासम्म उहाँसँग ३० लाख रुपियाँ नगद थियो । त्यही रकम धरौती राखेर उहाँले म्यानपावर खोल्नुभयो । उहाँले आफ्नो म्यानपावरबाट वार्षिक चार सयदेखि पाँचसय जनालाई विदेश पठाउनु हुन्थ्यो । म्यानपावरबाट पनि उहाँलाई राम्रै कमाई भइरहेको थियो । उहाँ हेर्दा हेदै म्यानपावरको जानामाना मालिक हुनुभयो ।

’खाडीमा युवाहरूलाई मेसिनजस्तै प्रयोग गरिने रहेछ। न श्रमअनुसार पैसा छ, न सम्मान। मधेसी समुदायका व्यक्तिले त्यहाँ झन् बढी कष्ट भोग्नुपरेको देखेँ,’ जासरले सम्झिए, ’हामीले पठाएका कामदारलाई सम्झौताअनुसार काम नदिइने रहेछ। आफ्नैबाट पनि दिनहुँ ठगिएको गुनासो सुन्नुपर्ने।’

कृषिमा लागेको कथा
कृषि थाले यहीँ धेरै युवालाई रोजगारी दिन सक्छु भन्ने सोचले जासरमा ऊर्जा थप्यो । म्यानपावर कम्पनीमा लगाएको लगानी कृषिमा खन्याउने योजना बनाउन थाले । यो योजना बनाउँदै गर्दा काठमाडौंमा अमेरिकी संस्था ’आइडिया’ ले कृषिबारे दिएको तालिममा उहाँ सहभागी हुनुभएको थियो । त्यो तालिममा उहाँले कतारको कथा सुन्नुभयो । चौतर्फी नाकाबन्दी हुँदा पनि कृषिमा आत्मनिर्भर भएकाले कतारलाई केही असर नपरेको कथाले उहाँलाई दङ्ग बनायो । आधुनिक हिसाबले कृषि पेसा गर्दा व्यक्ति, समाज र देशलाई हुने फाइदाबारे दिइएको कक्षाले जासर प्रभावित हुनुभएको थियो ।

तालिम दिने संस्थाले जासर जस्तालाई उनीहरूकै फर्ममा काम गर्ने प्रस्ताव पनि राख्यो । तर मैले त्यही तालिम केन्द्रमै आफैं खेती गर्ने योजना बनाको उहाँले सुनाउनुभयो । आफैले कृषिको बारेमा रिसर्च गर्न थाले । विभिन्न कितावहरु पढ्न थाल्नुभयो । युट्युब र कृषि विज्ञबाट आधुनिक खेतीबारे सल्लाह लिँदै जासर कृषिमा हाम फाल्नुभयो ।

तपाईको प्रतिक्रिया