प्रेमगञ्जको एउटै गीतमा ३० लाख

२५ वर्षदेखि स्पोटब्यायमा काम गर्दै आईरहनु भए राजु फुयालको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र “प्रेमगञ्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो । फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गीतमा नायिका बेनिसा हमाल, सञ्जोग रसाइलीसँगै अन्य कलाकारहरु छन । गीतको कोरियोग्राफी वाईल्डरिपर्जले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गीतलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेलले लेख्नु भएको हो भने किरण भुसालले संगीत भर्नुभएको छ ।
पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउनसँगै रोकिएको थियो । अहिले लकडाउन केही लुज भएसंगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । चलचित्रको सम्पुर्ण टिमलाई कोरोना खोपको सुबिधा सहित होटेलमा राखिएको छ । चलचित्र युनिट सुरक्षित होस् भनेरै सम्पूर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो । परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रलाई सञ्जय लामाले छायांकन गरिरहनु भएको छ भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगञ्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया