साउथ मूभीमा आउँदै करिना

बलिउड अभिनेत्री करिना कपूरले दक्षिण भारतीय फिल्ममा डेब्यु गर्ने भएकी छिन् । यशले बनाउन लागेको टक्सिक फिल्ममा करिना पनि अनुबन्ध हुने भारतीय सञ्चारमध्यमले जनाएको छ । यदि करिनाले यो फिल्म खेलिन् भने दक्षिण भारतीय फिल्म इन्ड्रिस्टिजमा उनको यो पहिलो फिल्म हुने बताइएको छ ।
यशले केही समय अघि मात्रै आफ्नो नयाँ फिल्मको बारेमा घोषणा गरेका थिए । यो फिल्मको नाम टक्सिक रहेको छ । यो फिल्मको निर्देशन क्रिटिक्सहरुबाट निकै तारिफ बटुलिसकेकी निर्देशक गीतु मोहनदासले गर्ने छिन् ।
यसैबिच टक्सिकबाट करिनाले साउथमा डेब्यू गर्न लागेको खबर आएको हो । करिनाले २४ वर्षअघि रिफ्युजीबाट बलिउडमा कदम राखेकी थिइन् । अहिले उनी बलिउडको राम्रो अभिनेत्री बनिसकेकी छिन् । तर करिनाले कहिले पनि साउथमा काम गरिनन् । टक्सिकका निर्माताहरु फिल्ममा करिनालाई लिनेबारे निकै उत्सुक भएको बताइएको छ ।
यसबारे उनीहरुले करिनासँग कुराकानी पनि शुरु गरिसकेका छन् । करिनाले यो फिल्ममा साइन गरिन् र काम गरिन् भने यो उसको साउथ डेब्यू हुनेछ । यश र निर्माताहरु फिल्मको अडियन्श बेस बढाउन चाहन्थे । त्यसैले उनीहरुले बलिउडकी टप एक्सट्रेसमध्ये एक करिनालाई अप्रोच गरेको बताइएको छ ।
करिना हालै मात्रै नेटफ्लिक्सको फिल्म जानेजामा देखिएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्ममा उनको कामको निकै तारिफ भइरहेको छ । फिल्ममा करिना एउटी बालिकाको आमा बनेकी छिन् । क्रिटिक्सहरुले उनलाई खुबै सरहाना गरिरहेका छन् । यो फिल्ममा उनी बिल्कुल नयाँ अन्दाजमा देखिएकी छिन् । यसअघि करिना आमिर खानसँग लाल सिंह चड्ढामा देखिएकी थिइन् । फिल्म फ्लप भएपनि करिनाको अभिनयले हरेक रिभ्युमा वाहवाही बटुलेको थियो ।

तपाईको प्रतिक्रिया