लोकससभा चुनावको तयारीमा कङ्गना रनौत

भारतीय अभिनेत्री कङ्गना रनौत लोकसभा चुनावको तयारीमा लागेकी छिन् । उनी भारतीय जनता पार्टीबाट टिकट लिएर चुनावमा लड्ने तयारी गरिरहेकी छिन् । फिल्मी क्षेत्रमा उनको लागि यो वर्ष खासै राम्रो नभएपछि उनी राजनीतितिर टर्न गरेकी छिन् । कङ्गनाले लोकसभाको चुनावमा लड्ने पक्का पक्की भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
लामो समयदेखि नै कङ्गना राजनीतिमा आउन लागेको चर्चा चलिरहेको थियो । आगामी वर्ष भारतीय जनता पार्टी (बीजेपी)को टिकटमा उनले चुनाव लड्न लागेको भन्दै अभिनेत्रीको पिता अमरदीप रनौतले पुष्टि गरेका छन् । तर कङ्गना कहाँबाट चुनाव लड्ने त्यो कुरा अहिले टुगों लागेको छैन ।
समाचार स्रोतका अनुसार अभिनेत्रीले मंडी वा चन्डीगढबाट लोकसभाको चुनाव लड्ने चर्चा छ तर निश्चित भएको छैन । तर यसबारे अहिलेसम्म पुष्टि भने भइसकेको छैन ।केही समय पहिले कंगनाले कुल्लुको शास्त्रीनगरस्थित आफ्नो घरमा बीजेपीको राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेपछि यो चर्चा झन चुलिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरिरहने कङ्गना फिल्मी क्षेत्रमा विवादमा आइरहन्छन । उनले राजनीतिक टिप्पणी गरेको कारणले पनि पटक पटक विवादमा आएकी हुन् । उनी विवादमा तानिए पछि सरकारले उनको सुरक्षा व्यवस्था कडा पारिएको हो । सामाजिक सञ्जालमा उनका पोस्टहरू हेरेर पनि मानिसहरुले उनी पक्का चुनाव लड्ने अनुमान गर्न लागेका थिए ।
यस अघि कङ्गना एरियल एक्शन फिल्म तेजसमा देखिएकी थिइन् । फिल्म बक्स अफिसमा नराम्रोसँग असफल भयो । कङ्गनाको आगामी फिल्म इमरजेन्सी हो । आफ्नै निर्देशनमा बनेको यो फिल्ममा कङ्गना पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिदैंछिन् ।

तपाईको प्रतिक्रिया