आर्यनसँग आशिकीमा आउँदै तृप्ती

लैला मजनु, बुलबुल र कलाजस्ता फिल्ममा आफ्नो अभिनयले सबैको मन जित्न सफल भएकी अभिनेत्री तृप्ति डिमरीले कार्तिक आर्यनसँग ‘आशिकी’ फिल्म गर्दै छिन् । आर्यनसँग फिल्म खेल्न लागेको भनि कुरा आउने बित्तिकै डिमरीको चर्चा बाक्लिएको छ ।
भारतीय सञ्चारमध्यमका अनुसार यो वर्ष डिमरीका लागि नसोचेको सफलता हात लागेको छ । रणवीर कपूरको फिल्म एनिमलमा छोटो तर महत्वपूर्ण भूमिकामा देखिएकी तृप्तिले निकै वाहवाही बटुलिन् । फ्यानहरूले उनलाई ‘नेशनल क्रश’ नै घोषित गरेका थिए ।
आशिकी फ्रेन्चाइजीको सिक्वेलमा काम शुरु भइसकेको भन्दै भारतीय सञ्चारमाध्यममा खबरहरू आइरहेका छन् । अनुराग बासुले निर्देशन गर्न लागेको आशिकी ३ मा कार्तिकलाई शीर्ष भूमिकाका लागि साइन गरिएको छ । फिल्ममा हिरोइन कसलाई लिन लागिएको छ भनि गोप्य राखिएको थियो ।
पिंकविलाको रिपोर्टका अनुसार मेकरहरुले डिमरीलाई आशिकी ३ मा फिमेल लिडको रुपमा फाइनल गरिएको छ । अनुरागले आशिकी ३ को शूटिङ सन् २०२४ को पहिलो त्रैमासमा शुरु गर्ने बताइएको छ । फिल्मका बाँकी कलाकारहरु पनि छिटै फाइनल गरिने भएको छ । कार्तिक र डिमरीको जोडी बनेर फिल्ममा पहिलो पटक देखिने छन् ।

तपाईको प्रतिक्रिया