छ वर्षपछि बलिउडमा ‘कमब्याक’

मल्लिका शेरावतले ६ वर्षपछि बलिउडमा कमब्याक गर्ने भएकी छन् । उनी हरर थ्रिलर नागमतीमा एक राजकुमारीको रुपमा नजर आउनेछिन् । सो चलचित्रमा उनले आफ्नो राज्यलाई एक सर्पको अभिशापबाट जोगाउने प्रयास गर्ने कोशिस गर्ने बताइएको छ ।

तमिल चलचित्र निर्देशक वीसी वादिवुदयानले बलिउडमा डेब्यू गर्ने यो फिल्मको काम कात्तिक २९ गतेबाट कर्जतमा शुरु भएको छ । योसँगै सन् २०१५ मा डर्टी पोलिटिक्सपछि वेब शोमा काम गरिरहेकी मल्लिका पहिलोपटक बलिउडको सेटमा फर्किएकी छन् । यस चलचित्रमा उनी दुई फरक–फरक रुपमा देखिने बताइएको छ ।

यो चलचित्रमा तीन युग–१९००, १९४७ र १९७० मा घटिएको घटना देखाइने छ । मूलरुपमा हिन्दी भाषामा सुट गरिने यो चलचित्रलाई तमिल, तेलुगु, कन्नड र मलयालममा डब गरिनेछ । कर्जत र मुम्बई लेगपछि राजस्थान र दक्षिण अफ्रिकामा चलचित्रको छायाँकन गरिनेछ । यही चलचित्रका लागि भनेर मल्लिकाले महामारीका दौरान घोडाको सवारी र तलवारबाजीको प्रशिक्षण लिएकी थिइन् ।

तपाईको प्रतिक्रिया