म्याडम क्युरीको त्यो संघर्षले मानवले पायो नयाँ जीवन

त्यसताका पोल्यान्ड भन्ने देश नक्शामा थिएन । यो तीन भागमा टुक्रिएको थियो । एउटा टुक्रामा जर्मनीको, अर्कोमा अस्ट्रियाको र तेस्रोमा रुसको शासन थियो । पोल्यान्डको राजधानी वार्सा रुसको नियन्त्रणमा थियो । रुसको इतिहास, रुसी भाषा, जारका गौरवगाथा–यिनै थिए पोल्यान्डका केटाकेटीले पढ्ने विषयहरू ।

विद्यालयमा पोल भाषा बोलेमा सजाय हुन्थ्यो । रुस र रुसी नियम–कानुन विरुद्धको गतिविधिको अर्थ थियो मृत्युदण्ड या साइबेरियामा निर्वासन । यस्तै वातावरणबीच वार्सामा एउटा परिवार थियो–स्क्लोदोव्स्का परिवार । पति, पत्नी दुवै स्कुलमा पढाउँथे । पतिले पढाउने विषय थियो गणित र भौतिकशास्त्र । स्क्लोदोव्स्का दम्पतीको पाँच सन्तान भए– चार छोरी र एक छोरा । ७ नोभेम्बर १८६७ मा जन्मिनस भएको कान्छी छोरीको नाम थियो मान्या स्क्लोदोव्स्का । यिनै मान्या पछि गएर मारी क्युरी र विहेपछि म्याडम क्युरीको नामले प्रसिद्ध हुनुभयो ।

पढ्ने इच्छा
मान्याको दिमाग तेज थियो । कुनै पनि कुरा बढीमा दुईचोटी मात्र पढ्नु पथ्र्यो । स्कुलमा आफ्ना दौँतरीभन्दा सबैभन्दा सानी भए पनि सबभन्दा तेज उहाँ नै हुनुहुन्थ्यो । त्यसो त स्क्लोदोव्स्का सन्तान सबै नै प्रतिभाशाली थिए । मान्या, उहाँकी एउटी दिदी र दाइ तीनैजनाले स्कुलको अन्तिम परीक्षामा स्वर्णपदक प्राप्त गर्नुभएको थियो । दिदी र दाइ दुबै पछि गएर योग्य चिकित्सकको रूपमा स्थापित पनि हुनुभयो ।

तर यो परिवार आर्थिक रूपले एकदमै सामान्य थियो । स्क्लोदोव्स्का परिवार आत्मसम्मानपूर्ण जीवनशैलीको मूल्य चुकाइरहेको थियो । पारिवारिक बोझको कारणले श्रीमती स्क्लोदोव्स्काले आफ्नो अध्यापन कार्य निरन्तर राख्न सकिनन् । त्यसमाथि क्षयरोगको कारणले उहाँको ४२ वर्षकै उमेरमा मृत्यु भएको थियो । भएको बचत पनि सबै स्वाहा भइसकेको थियो । त्यो बेला मान्या दश वर्षको हुनुहुन्थ्यो । केटाकेटीहरूले आफ्नो जिम्मा आफैले लिनुपर्ने भएको थियो । स्कुलको खाजादेखि यावत कुरामा मायालु हातबाट बञ्चित भइसक्नु भएको थियो उहाँहरु ।

आर्थिक विपन्नता त मान्याको जीवनको अभिन्न अंग जस्तै थियो । प्राय उहाँसँग जम्मा दुई जोर लुगा मात्र हुन्थ्यो घरमा बस्दा र बाहिर निस्कँदा लगाउने । यहाँसम्म कि यो उहाँको बानी नै भयो । पछि सोर्बनमा प्राध्यापक हुँदा पनि सबै सहकर्मीहरूको छुट्टै पोशाक हुन्थ्यो तर उहाँको थिएन । विवाहको बेलामा समेत नयाँ लुगा किन्ने पैसा थिएन उहाँसँग । कलेज जाने पोशाकमै विवाह गर्न तयार हुनुभएको थियो । दिदीको सासूले उहाँलाई विवाहको लुगा उपहार दिने भएपछि मान्याले भन्नुभयो, त्यसो भए सेतो रङको नदिनु, कालो वा निलो रङको कपडा तयार पारिदिनु ताकि पछि प्रयोगशालामा पनि लगाउन पाइयोस् ।

वार्सामा केटीहरूलाई विश्वविद्यालय प्रवेश थिएन । मान्याका दाइ विश्वविद्यालय भर्ना भए । मान्या र मान्याको दिदीको इच्छा थियो पेरिस गएर पढ्ने । तर पेरिसको खर्च त परै जाओस् यात्राको लागि पनि पैसा थिएन उहँहरूसँग । स्क्लोदोव्स्काको आम्दानीले बस्न र खानलाई पनि मुस्किल थियो । एक से एक प्रतिभाशाली तर न पढ्न पाएका छन् न कुनै रोजगार नै । बच्चाहरूलाई ट्युसन पढाएर पैसा बचत गर्ने र पेरिस गएर पढ्ने सपना देख्नु भएको थियो यी दिदीबहिनीले । तर त्यो सोचे जस्तो थिएन । वार्सामा भूमिगत विश्वविद्यालय पनि चलेको थियो । त्यसमा केटीहरू पढ्न पाउँथे । उहाँहरूले त्यसमा पढे पनि केही समय तर त्यो समाधान थिएन ।

आलोपालो पढ्ने
मान्याको दिमागमा एउटा कुरा आयो । पालो पालो गरेर पढ्ने, पहिले दिदीले पढ्ने वहिनीले सहयोग गर्ने, अनि दिदीको पढाइ सकिएपछि वहिनीले पढ्ने दिदीले सहयोग गर्ने । यसमा केही भरथेग बाबुले गर्ने भए । सल्लाहअनुसार दिदी पेरिस पुग्नुभयो । वहिनी एउटा धनी कृषकको घरमा परिवारिक शिक्षिकाको रूपमा वार्साबाट धेरै टाढा गाउँमा पुग्नुभयो । उहाँको पारिश्रमिक थियो वार्षिक पाँच सय रुबल अर्थात मासिक ४० रुबल चानचुन । झन्डै आधाजति त पेरिस पठाउनुपथ्यो दिदीको सहयोगको लागि ।

बाँकी २० रुबलले आफ्नो सबै खर्च पुर्याउनुपथ्यो उहाँले । लुगा किन्ने, घुम्न जाने, वार्सा आउने यी कुराको लागि धेरै अघिदेखि योजना बनाउनुपथ्र्यो र वचत गर्दै जानुपथ्र्यो । यतिसम्म कि मान्यासँग चिठीको लागि टिकट किन्ने पैसा समेत हुँदैनथ्यो । यो बीचमा आफ्नो पढाइको भोक भने शान्त पार्ने प्रयास गरिरहनु भयो।, समाजशास्त्र, इतिहास, साहित्य पढेर । गरिब किसानका बच्चाहरूको लागि निःशुल्क कक्षा पनि सञ्चालन गर्नुभयो । यति गरेर यो घरमा उहाँले तीन वर्ष बिताउनुभयो । जागिर सक्किदाँ उहाँसँग पैसा फिटिक्क बचेको थिएन ।

प्रेममा धोका
यो समयमा मान्याको जीवनमा एउटा घटना भयो । रोजगारदाताको छोरासँग मान्याको प्रेम बस्यो । तर विवाह गर्न मान्याको आर्थिक अवस्था बीचमा आयो । उहाँहरू आफ्ना छोराले यस्ती गरिब केटीसँग विवाह गरोस् भन्ने चाहँदैन्थे । मान्याको मनमा ठूलो चोट पर्यो । अर्को तीन वर्षसम्म पर्खिनुभयो तर केटाले आँट गर्न सकेन ।

मान्यालाई विवाह र प्रेमसँगै वितृष्णा पलायो । पेरिस गएर पढ्ने मरिसकेको इच्छा बौरिएर आयो उहाँमा । त्यतिबेलासम्म उहाँकी दिदीले पेरिसमै विवाह गरिसक्नु भएको थियो । दिदीले हात बढाउनु भयो ्। बस्ने, खाने समस्या समाधान भयो । दिदीलाई खर्च पठाउनु नपरेपछि पछिल्लो तीन वर्षको अवधीमा उहाँले केही बचत पनि गर्नुभयो । पेरिस पुग्न, विश्वविद्यालयमा भर्ना हुन पुग्ने खर्चसहित केही बाँकी पनि रहन्थ्यो उहाँसँग । यता उहाँका बाबुले पनि केही सहयोग गर्ने बचन दिनु भएको थियो । अनि मान्या लागिन् रेलको चौथो दर्जाको टिकट काटेर पेरिसतिर ।

मान्याबाट मेरी
ऐतिहासिक विश्वविद्यालय सोर्बनमा भर्ना हुनुभयो उहाँ । तर उहाँले ‘मान्या’ को ठाउँमा त्यहाँ ‘मेरी’ लेखाइन् आफ्नो नाम, मेरी स्क्लोदोव्स्का । दिदीभिनाजु दुबै डाक्टर हुनुहुन्थ्यो । र भिनाजु राजनीतिमा चासो राख्नु हुन्थ्यो । मानिसको आवतजावत स्वाभाविक रूपमा बढी हुन्थ्यो त्यस घरमा । मेरीलाई एकान्त मिलिराखेको थिएन पढ्नको लागि । फेरि त्यहाँबाट विश्वविद्यालय जाने आउने समय पनि बढी लाग्थ्यो । सोर्बनको नजिकै एउटा कोठा लिनुभयो ।

उहाँको महिनाको बजेट थियो ४० रुबल अर्थात करिब १०० फ्र्याङ्क । यतिले उहाँको सबै खर्च पुर्याउनु पथ्र्यो । असाधारण रूपले साधारण जीवन बाँच्न थालिन् मेरी । बाहिर किनेर केही पनि नखाने, कतै नजाने, मनोरञ्जनमा भाग नै नलिने आदि । यसो गर्दा उहाँलाई समय पनि प्रसस्त भयो पढ्नको लागि । सादगीको एउटा उदाहरण उनहाँसँग दुईवटा प्लेट, एउटा काँटा, एउटा चम्चा, एउटा चक्कु, एउटा कप, एउटा केट्ली र तीनवटा गिलास मात्र थियो । तीनवटा गिलास किनभने कहिलेकाहीँ दिदी भिनाजु आएको बेला चिया खाने तीनजना हुन्थे ! खानेकुरामा पनि सीमितता आयो । हप्तौँ पाउरोटी र नौनी मात्र खाने गर्न थालिन् । कहिले खाँदै नखाने । तर पढि चाहिँ रहने । एकचोटी त कलेजमै बहोस भइन् मेरी कमजोरीले गर्दा ।

दुःख र संघर्षलाई छिचोल्दै उनले १८९३ मा भौतिकशास्त्रमा र १८९४ मा गणितमा स्नातकोत्तरको डिग्री हाँसिल गर्नुभयो । कम बोल्ने, कम साथी बनाउने तर तीक्ष्ण र दुब्ली केटीको रूपमा चर्चित थिइन् मेरी । रुसी, पोल, जर्मन, फ्रेन्च र अँग्रेजी यी पाँच भाषा उहाँलाई आउँथ्यो । पढाइ सकेर वार्सा फर्किने र आमा बाबुसँगै बस्ने उहाँको योजना थियो । तर त्यसो हुन सकेन । समयले उहाँबाट धेरै कुरा खोजेको थियो । पछिल्लो डिग्रीको परीक्षा आउँदै गर्दा उहाँको भेट एक असाधारण व्यक्तिसँग भयो । जसको नाम थियो पिएर क्युरी । पिएर डाक्टरका छोरा, डाक्टरकै नाति हुनुहुन्थ्यो । सोह्र वर्षमा स्नातक र अठार वर्षमा स्नातकोत्तरको डिग्री लिनुभ एका पिएरले त्यो बेलासम्ममा भौतिकशास्त्रमा छुट्टै पहिचान बनाइसक्नु भएको थियो ।

उहाँको विवाह गर्ने विचार थिएन । तर जब मेरीलाई भेट्नुभयो, पिएरलाई आफूले सोचेको जस्तो केटी फेला पारेको बोध भयो । मेरी चाहिँ पोल्यान्ड छोड्ने विचारमा हुनुहुन्थेन । उहाँमा पोल्यान्डप्रति विशेष लगाव थियो । पिएरको मायाले उहाँलाई अन्ततः पेरिसमै राखि छाड्यो । विज्ञानले एउटा यस्तो विरल जोडी पायो जसको योगदान स्वर्णाक्षरले लेखिनेवाला थियो । मेरी स्क्लोदोव्स्का अब श्रीमती क्युरी अर्थात म्याडम क्युरीको रूपमा परिवर्तित हुनुभयो । तर विवाहको १० औंं वर्षमा पति पनि गुमाउनुभयो । म्याडम कुरी १० वर्षको हुँदा नै उहाँको आमाको क्षयरोगले मृत्यु भएका थियो । उहाँको एउटी दिदीको पनि अल्पायुमै मृत्यु भएको थियो । त्यसले गर्दा म्याडम निकै विक्षिप्त हुनुहुन्थ्यो तर उहाँले आफूलाई हरेक पटक सम्हाल्नुभयो ।

श्रीमानको सहायक
म्याडमको श्रीमान प्रोफेसर हेनरी बैकर रेडियम क्रियाकलापसम्बन्धी अनुसन्धानमा कार्यरत हुनुहुन्थ्यो । युरेनियम तत्वबाट अदृश्य किरणहरू निस्कन्छन् र यी किरणहरू सबैभन्दा शक्तिशाली हुन्छन् भन्ने यिनको भनाइ थियो । म्याडम क्युरीले यिनै विज्ञानका विशेषज्ञ एवम् प्राध्यापकको सहायक भएर काम गर्नुभयो । प्रयोगशालामा रेडियम क्रियाकलापसम्मन्धी खोजमा म्याडम क्युरीले प्रत्यक्षरूपमा सम्मिलित भएर देख्ने र बुझ्ने अवसर पाउनुभयो ।

रेडियम एउटा विचित्र किसिमको तत्व हो, जसबाट किरणहरू निस्कन्छन् । यी किरणहरूलाई रेडियोधर्मी किरण भनिन्छ र जुन तत्वहरूबाट यी किरणहरू निस्कन्छन् ,रेडियो सक्रिय–तत्व भनिन्छ । रेडियमका किरणहरू साह्रै तिखा हुन्छन् ,सजिलैसँग कुनै पनि वस्तुबाट वारपार भई छेडेर निस्कन्छन् । यसको उपयोग क्यान्सर रोगको निदानका लागि गरिन्छ । अनुसन्धान र खोज सीमितरूपमा रहदैन । एकपछि अर्को नयाँ सिद्धान्त एवम् प्रयोग भइरहन्छ ।

साधकहरू वास्तविक एवम् तथ्य कुरो पत्ता लगाउने अभिष्ट पूरा नहुञ्जेलसम्मका लागि प्रयत्नशील रहन्छन् । पहिले, उहाँले लोमन्ड स्ट्रीटको कोठामा प्रयोगशाला स्थापना गर्नुहुन्छ । उहाँको विचार भनेको रेडियोएक्टिभिटीको घटनालाई ठीकसँग मापन गर्नु हो । सबैभन्दा पहिले, उहाँले विभिन्न यौगिकहरूमा र विभिन्न परिस्थितिहरूमा युरेनियमको व्यवहारलाई व्यवस्थित रूपमा विश्लेषण गर्नुहुन्छ । उहाँले धेरै सरल प्रयोगात्मक विधि प्रयोग गर्नुहुन्छ । जसमा क्षतिपूर्ति, संवेदनशील इलेक्ट्रोमिटरमा, विद्युतको मात्राको साथ विद्युत् प्रवाहको मात्रा हुन्छ । जुन पिजोइलेक्ट्रिक क्वार्ट्जबाट आपूर्ति गर्न सकिन्छ ।

यसरी, उहाँले पत्ता लगायो कि विकिरण तत्व यूरेनियमको एक परमाणु गुण हो । त्यसको लगत्तै, उहाँले यस्तो अनौठो व्यवहार देखाउने युरेनियमबाहेक अन्य रासायनिक तत्वहरू छन् कि छैनन् भनेर पत्ता लगाउन अन्य धेरै पदार्थहरूको अध्ययन गर्दछ । यद्यपी, उहाँले यस घटनालाई नाम दिने निर्णय गर्नुहुन्छ र यसलाई ‘रेडियोएक्टिभिटी’ भनियो ।

रेडियमको खोज
यही कुरालाई सार्थक बनाउन क्युरी दम्पती रेडियमसम्बन्धी नवीन रहस्यहरू खोतल्न प्रयत्नरतमा रहनुभयो । क्युरी दम्पतीले युरेनियमको पिच ब्लेन्डबाट किरणहरू निस्कने कुरा पत्ता लगाउनुभयो । उहाँहरूले पिच ब्लेन्डलाई रातदिन मेहनत गरी तताउनु हुन्थ्यो र तताएर निस्केको पदार्थलाई टेस्टट्युबमा राख्नु हुन्थ्यो ।

कैयौ दिनको मिहिनेत पछि एकदिन यिनीहरूले टेस्टट्युबमा हलुका रङको प्रकाश देख्नु भयो । यो देखेर क्युरी दम्पति ज्यादै खुसी हुनुभयो अनि त्यो उज्यालो नौलो वस्तुको नाम रेडियम राख्नु भयो । यही अनुसन्धानका लागि यिनीहरूलाई सन् १९०३ मा नोबेल पुरस्कार दिइएको थियो । म्याडम क्युरीकी छोरी इरेने क्युरी पनि कम प्रतिभाशाली हुनु हुन्थेन । उहाँले पनि आफ्ना पतिसँग मिली कृत्रिम रेडियोधर्मीतत्व बनाउने कुराको आविष्कार गर्नुभएको थियो । यसका लागि दुवैलाई संयुक्त रूपमा सन् १९३५ मा नोबेल पुरस्कार दिइएको थियो ।

म्याडम क्युरी विज्ञान मोहबाट कहिल्यै पनि विरक्त हुनु भएन । उहाँ विज्ञानका प्रयोगशालाबाट नयाँ नयाँ कुराको अविष्कार गर्न तल्लिन रहनु हुन्थ्यो । उहाँ सन् १९११ मा रसायन विज्ञानमा योगदान पुर्याएवापत नोबेल पुरस्कारबाट सम्मानित हुनुभएको थियो । पतिको बग्गी दुर्घटनामा मृत्यु भएको थियो । पतिको मृत्यु पति उहाँ ठूलो आपतमा पर्नुभयो । जस्तोसुकै पीडा खप्नु परे पनि उहाँले पेरिसमा “क्युरी इन्स्टिच्युट अफ रेडियम“ नाम गरेको संस्था खोल्नुभयो । उहाँले विज्ञान क्षेत्रमा गरेको अमूल्य योगदानको कदर स्वरूप रेडियोधर्मी एकाइको नाम क्युरी राखिएको छ । यस्तै एउटा तत्वको नाम क्युरीयम राखिएको छ ।

विश्वयुद्धमा सहयोग
म्याडम क्युरी साह्रै दयालु स्वाभावको हुनुहुन्थ्यो । उहाँले प्रथम विश्व युद्धमा घाइतेहरूको ठूलो सेवा गर्नुभयो । उहाँको जीवन मानवकल्याणका लागि समर्पित थियो । समाजसेवा र विज्ञानमा अहोरात्र गर्नुपर्ने अनुसन्धान एवम् रेडियोधर्मी पदार्थसँगको अविरल निकटताले गर्दा यिनका आखाँलाई ठूलो असर पर्यो । रेडियो विकिरणले गर्दा क्यान्सर रोग लाग्यो । अन्ततः ६ जुलाई १९३४ को दिन विज्ञान जगतकी साधिका क्युरीको जीवनलीला समाप्त भयो ।

म्याडम क्युरी हाम्रा सामु नभए पनि मानवकल्याणका लागि समर्पित महत्वपूर्ण आविष्कारले सदैव उहाँलाई स्मरण गराइरहनेछ । रेडियम र रेडियोधर्मी किरणहरूले उहाँका औँलाहरूलाई छिया छिया त पहिले नै पारिसकेको थियो । आफू जोखिममा परे पनि आफ्ना विद्यार्थीहरू सबैलाई सावधानीको शिक्षा दिन भने उहाँ कहिले पनि चुक्नु भएन । रहस्यमय रेडियोधर्मी किरणको आयु पनि रहस्यमय नै हुँदोरहेछ । उहाँका पोशाक, नोटबुक आदिबाट अझै पनि यी किरणहरू निस्किरहेका छन् । उहाँले प्रयोग गरेका यी सामानहरू अहिले सुरक्षा कवचभित्र कैद छन् । उहाँको नोटबुक हेर्न चाहने व्यक्ति विशेष एप्रोन लगाएर मात्र नोटबुकसम्म पुग्न पाउँछ ।

क्युरीले गरेको खोज र उहाँको विशाल बौद्धिक क्षमताबाट धेरै कुरा सिक्न सकिन्छ । यसको सट्टा, तिनीहरूको जीवनभर, तिनीहरूले विज्ञानको अत्यन्तै निरुत्साहित अवधारणालाई पछ्याउन सकिन्छ । मारी र पियरेले मानवतालाई उनीहरूको अनुसन्धानको नतिजा प्रदान गर्नुभयो । बदलामा कहिल्यै केही माग गर्नुभएन । पहिलो विश्वयुद्धको समयमा, मारी क्युरीले लडाकुहरूको समस्या कम गर्न सम्भव सबै कार्य गर्नुभयो ।

घाइतेहरूलाई मद्दत गर्न आफ्नी छोरी इरेनसँग अगाडि बढ्नुभयो । उहाँले प्रसिद्ध पेटिट क्युरी, एक्स–रे उपकरणहरूले सुसज्जित सवारी साधनहरू आविष्कार गर्नुभयो । १९१२ मा, उहाँले रेडियम संस्थाको रुपमा स्थापना गर्नुभयो । जसलाई उहाँले १९३२ सम्म निर्देशित गर्नुभयो । त्यसपछि उहाँकी छोरी इरेनले नेतृत्व लिनुभयो । यो अब क्युरी संस्था हो र अझै पनि क्यान्सर अनुसन्धानको लागि एक महत्वपूर्ण वैज्ञानिकहरुको संस्था बनेको छ ।
स्रोतः विभिन्न संचारमाध्यम

तपाईको प्रतिक्रिया