काभ्रेमा बस दुर्घटना १७ जनाको मृत्यु

काठमाडौँ मंसिर २७ गते । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा आज साँझ बस दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमागणेशस्थान ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका(४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया