Khadya Bibhag

प्रभु साहले गठन गर्ने भए आमजनता पार्टी

काठमाडौँ मंसिर २७ गते । रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएका प्रभु साहले आमजनता पार्टी गठन गर्ने हुनु भएको छ । आमजनता पार्टी घोषणा गर्नुअघि उहाँले भेला सातै प्रदेशको भेला आयोजना गर्ने तयारीमा लाग्नु भएको छ । भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्लेले लिनु भएको छ भने पार्टीको विधान तयार पार्ने जिम्मा प्रभु साह आफैले लिनु भएको छ ।
त्यस्तै,

साहले आफूहरूसँग प्रतिनिधिसभामा तीन र प्रदेशसभामा ६ गरी नौजना सांसद रहेको दाबी गर्नुभएको छ । जसमा रौतहट ३ बाट विजयी प्रभु साह, रौतहट २ मा विजयी किरण साह र मोरङ ५ मा विजयी योगेन्द्र मण्डल रहनु भएको छ । गत २४ मंसिरमा काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा सबैलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया