Khadya Bibhag

प्रियंकाले गरिन् यो खालको खुलासा

अभिनेत्री प्रियंका चोपडाले आफ्नो अटोबायोग्राफी अनफिनिश्ड लेखेकी छिन् । उनले उक्त किताबमा बलिउडका विषयमा थुप्रै विषयबस्तुको उजागर गरेकी छिन् । बलिउडभित्रको पितृसत्ता र फेभरिटिज्मको बारेमा पनि उनले लेखेकी छिन् । उनले आफ्नो जीवनीमा स्किम्ड फ्रम द काउचको पोडकास्टको विषयमा पनि लेखेकी छिन् । उनले फिल्मको विषयमा लेखेकी छिन् । 

उनले फिल्मका को स्टारको विषयमा कुनै पनि जानकारी नदिइ आफ्ना प्रोड्युसर र निर्देशकले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको खुलाएकी छिन् । 

उनले निर्देशक र प्रोड्युसरलाई आफ्ना को स्टार अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लेखेट्ने धम्की समेत दिएको बताइन् । यति मात्र होइन उनले एउटा फिल्मबाट सजिलै अभिनेत्री परिवर्तन हुने गरेको समेत खुलाइन् । 

उनलाई उक्त सेटमा एउटा चेक दिँदै निर्देशकले भने, ‘उनले मलाई चेक दिँदै अभिनेताको भन्दा कम भएको भने । अनि यस्ता केटीहरु यो अवसरका लागि जत्ति पनि भेटिन्छन् । र तपाईँलाई थाहा नहोला फिल्म सेटबाट अभिनेत्री सजिलै बदलिन्छन् ।’

तपाईको प्रतिक्रिया