Khadya Bibhag

संस्कृति जोगाउन दौड प्रतियोगिता सम्पन्न

सिरहा –
    लहान ३ सफटेक क्लेजवाट सुरु भएको प्रतियोगितामा सिरहा सिलोर्वा पछवारी लडकन्हाका विजय कुमार यादव र सिकेन्दर यादव प्रथम र दोश्रो भएको छ भने लहान १८ भदैयाका कमल कुमार राम तेश्रो भएका हुन् ।
    प्रथम हुनेले १३ मिनेट २२ सेकेण्डमा ५ किलोमिटर दौडेर प्रथम , १३ मिनेट ३० सेकेण्डमा दोश्रो र १३ मिनेट ५५ सेकेण्डमा तेश्रो हुनेले विजय स्थल आईपुगेको थियो । प्रथमलाई एघार हजार नगद र प्रमाणपत्र, दोश्रोलाई पाँच हजार १०० र तेश्रोलाई तीन हजार १०० पुरस्कार प्रदान गरेको हो । प्रतियोगितामा एक सय युवाहरु भाग लिएको आयोजकले जनाएको छ ।
    संघका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा हिन्दु धर्म रक्षा गरेर आफनो पहिचान जोगाउननुको साथै विदेशीहरुले लोभ देखाएर धर्म परिवर्तन गराउन लागेकोले त्यसलाई रोक्न यो दौड आयोजना गरेको विश्व हिन्दु परिषद सिरहाका अध्यक्ष काशिन्द्र यादव, समाजसेवी सुशिल चन्द्र अधिकारी र प्रमुख अतिथि हेम शर्माले आफनो मन्तव्यमा भन्नुभयो ।
गोरखापत्र अनलाइनबाट

वैशाख ५ गते ।  “संस्कृति हराए पहिचान नै हराउछ” भन्ने मूल नाराका साथ हिन्दु स्वयंसेवक संघ नेपाल लहान सिरहाले लहानमा शनिवार संस्कृति दौड प्रतियोगिता सम्पन्न गरेको छ । 

तपाईको प्रतिक्रिया