Khadya Bibhag

प्रधानन्यायाधीश भने, बारा, पर्सा र रौतहटकको कार्यसम्पादन सन्तोषजनाक छैन

हेटौँडा, ५ वैशाख । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले परम्परागतता छाडी समयसापेक्ष र आधुनिक रुपमा न्याय सम्पादनको क्षमता वृद्धि गरेर जनतालाई चुस्त न्याय दिन तत्पर हुुनुपर्ने बताउनुभएको छ ।
प्रधानन्यायाधीश साहले पुनरावेदन अदालत हेटौँडा र मकवानपुर जिल्ला अदालतको आज अपराह्न स्थलगत निरीक्षण गर्दै न्यायाधीशलाई आफ्नो काम कर्तव्यप्रति आत्मसमीक्षा गरेर न्याय प्रणालीमा भएको त्रुटि सच्याउनेतर्फ अग्रसर हुन सल्लाह दिनुभयो ।

उहाँले अहिले बारा, पर्सा, रौतहट, जिल्ला अदालतमा भइरहेको न्याय कार्यसम्पादन सन्तोषजनक नभएकाले पुनरावेदन अदालत र जिल्ला अदालतले त्रुटि सच्याउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र न्यायाधीश तिलप्रसाद श्रेष्ठले नारायणी अञ्चलका पाँच जिल्ला अदालत र पुनरावेदन अदालतबाट भइरहेको न्याय सम्पादनको अनुगमन गरिनाका साथै सर्वसाधारण जनतालाई छिट्टै न्याय दिनेतर्फ रणनीतिगत कार्यतालिका पठाइसकेका बारेमा जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया