काठमाडौँ चैत ३०–जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन हुनु भएको छ । जनकपुरमा महाधिवेशनमा भएको निर्वाचनबाट सिके राउत अध्यक्षमा चयन हुनुभएको छ ।
अध्यक्षमा उहाँ एकजना मात्र उम्मेदवार हुनुहुन्थ्यो । त्यसमा उहाँ दुई हजार ३०२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरि, उपाध्यक्ष मोहम्मद अब्दुल खान, वसन्तकुमार कुशवाहा, दीपकुमार साह र नरेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन् । महासचिव चन्दनकुमार सिंह चयन हुनुभएको छ । महासचिव पदमा पनि एकजनाको मात्र उम्मेदारी परेको थियो ।
संजयकुमार यादव, राजकुमार यादव, भोपेन्द्र प्रसाद यादव, भवानी महतो, ललित चन्द्र, सुरेन्द्र शर्मा, मदनेश कुमार चौधरी, नरेशप्रसाद कुशवाहा, वीरेन्द्र महतो, बालगोविन्द चौधरी, इन्द्रजित कुमार यादव, सुरेशप्रसाद, राजेन्द्र रायलगायत २३ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । ३२ जनाले उम्मेदवारी दिनुभएको थियो ।
त्यस्तै, १५ जना महिला सदस्यमध्ये अनिताकुमारी मण्डल, अनिता देवी, अञ्जनी देवी मण्डल, बबिताकुमार राउत, आशाकुमारी मेहता, जुलेखा विवी, राधाकुमार यादव, कौशिला देवी महतो गरी ८ जना निर्वाचित हुनुभएको छ । बाँकी सातजना पछि मनोनित गर्नेछन् ।
तीनजना उपाध्यक्ष, एकजना उपमहासचिव, सातजना सचिव र गैरअवासीय मधेशी संघको तर्फबाट चारजना केन्द्रीय सदस्य पछि मनोनित हुने नव निर्वाचित महासचिव चन्दन सिंहले बताउनुभयो ।





तपाईको प्रतिक्रिया