रौतहट क्षेत्र नं. १ बाट निर्वाचित सविधानसभाका पूर्व स्वतन्त्र सभासद् बबन सिह र पूर्व मन्त्री रामचन्द्रराय यादव मधेशी जनअधिकार फोरम नेपालमा प्रवेशमा गर्नु हुने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार सिह र यादव आजै दिउँसो दुईवजे अनामनगरस्थित इन्टरनेशनल मिडियामा पत्रकार सम्मेलन गरी प्रवेश गर्न लागेका हुन् ।
बबन सिह भूमिगत रुपमै स्वतन्त्र सभासद्मा निर्वाचन हुनु भएको थियो । भोट नदिए झुण्डिए मरिदिने पोस्टर बनाएर चुनाव पर्चार गर्नुभएका बबन सिह सविधानसभा रहेकै बेला तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गर्नुभएको थियो । तमलोपामा प्रवेश गरेपनि उहाँ स्वतन्त्र सभासद्कै रुपमा काम गर्नुभयो । आफूलाई तमलोपाका नेता कहिले भन्नुभएन । पछिल्लो समय उहाँ काँग्रेस वा एमाआवादीमा जाने पनि चर्चा थियो । सविधानसभा गठन भएदेखि नै चर्चामा रहँदै आएका बबन सिहमाथि बमकाण्ड, अपहरण लगायतका आरोपहरु लाग्दै आएका छन् ।
सर्लाहीका रामचन्द्र राय राप्रपाबाट अलग भएर तमलोपा गठनप्रकृयामा अलग हुनु भएको थियो । तमलोपा संस्थापकमध्येका एक मानिएका उहाँ एकाएक तमलोपाबाट अलग भएर निस्कृय रहँदै आउनु भएको थियो ।



तपाईको प्रतिक्रिया