Khadya Bibhag

गणतन्त्र प्रारम्भको १३ वर्षमा राजनीतिक तहमा ठूल–ठूला उथलपुथल भएका छन्–उपराष्ट्रपति

काठमाडौँ जेठ १५ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पसाङ’ ले गणतन्त्र प्रारम्भको १३ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूल–ठूला उथलपुथल भएको बताउनु भएको छ ।

गणतन्त्त दिवसको अवसरमा शुभकामना मन्तव्य सार्वजनिक गर्नुहुँदैन उहाँले संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान बनेको बताउनुभयो । कार्यान्वयनका क्रममा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेको उल्लेख गदैै उहाँले महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसंख्यक, उत्पीडित क्षेत्रका समुदायका हक अधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको तर, विकासको स्वभाविक प्रक्रियाले हुने परिवर्तन भन्दा आधारभूत नेपाली जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउन नसकेको बताउनुभयो ।

एकात्मक, सामन्तवादी, पुराना सोंच, शैलीहरू विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गरिएको उहाँले शुभकामपना विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनताको ऐतिहासिक, गौरवपूर्ण स्वर्णीम दिनको रुपमा राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको आज १३ वर्ष पुरा भइसकेको बताउँदै उहाँले निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गणतन्त्र दिवस–२०७८ को अवसरमा सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

गणतन्त्रमा पूर्णतः जनताको शासन हुन्छ । जनताले आफ्नो शासन आफै गर्छन् । प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक जीवन रुपान्तरण हुन्छ । समानता हुन्छ । देश समृद्ध हुन्छ । देशको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रियता सुदृढ् हुन्छ । सामन्तवादी, सोंचहरू बदलिनेछन् र गणतन्त्रामक सोंच, शैलीको विकास हुन्छ, उहाँले उल्लेख गरेको छ ।

गणतन्त्रकै लागि यसैका लागि भनेर हजारौं सहिदहरूले जीवनको आहुती दिएको बताउँदै उहाँले घाइते अपाङ्ग योद्धाहरूले रगत बगाउनुभयो, अमूल्य अङ्ग दिएको बताउनुभयो । योद्धाहरू बेपत्ता हुनुभयो । लाखौं लाख नेपाली जनता प्रत्यक्ष परोक्ष क्रान्ति तथा आन्दोलनमा सहभागी भएको उहाँले उल्लेख गर्नुभयो ।

जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, दलीय स्वार्थ, व्यक्तिगत स्वार्थ, एकात्मक सामन्तवादी अहंकारी सोंच शैलीमा आमूल परिवर्तन ल्याएर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ जनताको जीवन र राष्ट्रको समृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने हो भने जनताको जीवन परितर्वन, देशको विकास र समृद्धिमा ढिला हुँदैन । यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ ।’ गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदामात्रै यसको रक्षाका लागि वलिदान भाव जागृहत हुनसक्छ यसतर्फ उहाँले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन भएको छ ।

गणतन्त्रलाई परष्कृत गर्न संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य रहेको बताउँदै उहाँले नयाँ संविधान बमोजिम २०७४ को निर्वाचनमा राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि जनमत अभिव्यक्त भएको बताउनुभयो । तर पछिल्ला ६ महिनाको बीचमा प्रतिनिधिसभा दुईपटक विघटन भएको छ । सम्मानित सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)ले मुलुक आक्रान्त भइरहेको दुःखद अवस्थामा फेरि विघटन भएको छ ।

यसमा राजनीतिक दलहरूमा मतएकता नहुँदा आगामी दिन राजनीतिक रूपमा केहीं जटिल बन्ने देखिन्छ भनि उल्लेख गर्नुभएको छ ।

पछिल्लोपटक उत्पन्न राजनीतिक समस्याको सहि समाधान हुनेमा आफू आशावादी रहेको बताउँदै उहाँले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्याहरू छिट्टै समाधान हुने बताउनुभयो । राजनीतिक समस्याकाबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहरलाई नियन्त्रण गर्न, गम्भीर संक्रमितहरूको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उहाँले अपील गर्नुभएको छ ।

गणतन्त्र दिवस–२०७८ ले गणतन्त्रलाई परष्कृत, जनमतको कदर, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियतालाई सुदृढ्, राजनीतिक समस्याहरूको निराकरण र कोरोना भाइरसको महाव्याधी नियन्त्रण गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास आफूले लिएको उहाँले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया