काठमाडौ जेठ १४ गते । एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेका तीनजना नेता गणतन्त्रको विरुद्धमा रहेको खुलासा गर्नुभएको छ । १४औं गणतन्त्र दिवसको अवसरमा शुभकामना मन्तव्य जारी गर्नुहुँदै नेता गौतमले सो खुलासा गर्नुभएको हो तर ती तीनजनाको नामा उल्लेख गर्नुभएको छैन ।
नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ तर वि सं २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला , नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’
बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू रहेको उहाँले दावी गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया