Khadya Bibhag

रेशम चौधरी अभियानमा लागेका अभियानी नै चाहनु हुन्न आमामाफी

काठमाडौँ जेठ १५ गते । रेशम चौधरीको रिहाइका लागि अभियान चलाएका सुरेन्द्र चौधरीले नै रेशम चौधरीलाई आमामाफी दिन नहुने बताउनु भएको छ ।
उहाँले आज आफ्नो फेसबुकमा लेख्दै भन्नुभएको छ, सबैलाई ज्ञात होस् ! रेशम चौधरीलाई आम माफि दिनुपर्छ भन्ने हाम्रो माग होइन ।’
निर्दोष नेताले माफी माग्ने कुरा गैर राजनीतिक व्यक्तीले गर्ने कुरा रहेको उल्लेख गर्दै उहाँले रेशम चौधरीको हकमा बिल्कुल अमान्य कुरा रहेको उल्लेख गर्नुभएको छ ।
उहाँको रिहाइ भनेको न्यायलयबाट न्याय पाएर हुने भएको हुनाले सबैको माग र रेशम चौधरीको माग पनि यही रहेको उल्लेख गर्नुभएको छ ।
यो मुद्दा सर्वोच्चमा विचराधिन रहेको उल्लेख गर्दै अभियानी चौधरीले कोरोनाले गर्दा सार्वजनिक सरोकार र संविधानका जटिल विषय बाहेकका मुद्दा माथिको काम कारवाही अदालतले विगत एक महिनादेखि स्थगन गरेको र स्थगन नभएको भए अहिले अदालतले पेशी तोकी सकेको अवस्था हुन्थ्यो
छिट्टै नै अदालत बाट न्याय पाउने आशा व्यक्त गर्नुभएको छ । यो विषयमा आदरणीय महन्थ थाकुर र प्रधानमन्त्री केपी ओलीसँग निरन्तर सम्पर्क र संवादमा रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया