काठमाडौँ जेठ १५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पुनः स्पष्टीकरण सोध्नु भएको छ ।
जेठ ८ गतेको निर्णय अनुसार सोधिएको स्पष्टिकरणको जवाफ नआएको हुनाले दोस्रो पटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ प्राप्त नभए राजनीतिक दल सम्बन्धी ऐन २०७३ र पार्टीको विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९ (५), ५० )१) र जेठ ८ मा भएको निर्णयको बुँदा ४ बमोजिम निष्काशन समेत कारवाही हुने स्पष्टिकरण पत्रमा उल्लेख छ ।
अध्यक्ष ठाकुरलगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई जेठ ११ गते तीन दिनभित्र स्पष्टिकरण् दिन पत्र पठाइएको थियो । तीन दिनको म्याद सकिए पनि अध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टिकरण सोधिएको अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । पार्टी विधि र पद्धतीमा चल्नुपर्छ, पार्टीको अनुशान उल्लघंन गर्नेलाई पार्टीको विधानअनुसार कारवाही हुने उहाँले बताए ।



तपाईको प्रतिक्रिया