Khadya Bibhag

ओलीले बोलाउनु भयो स्थायी कमिटीको बैठक

काठमाडौँ जेठ १६ गते । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीको स्थायी समिति बैठक बोलाउनु भएको छ । पार्टीको आन्तरिक विषय तथा देशको समसामयीक राजनीतिक विषयमा छलफलका लागि आज पाँच वजेका लागि बैठक बोलाइएको नेता सुवास नेम्वाङले बताउनुभयो ।

यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् ।
त्यसैगरि सरकारले हिजो ल्याएको वजेटको बारेमा पनि समिक्षा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया