भोटेकोसी बाढीः प्रधानमन्त्री बालेन र रवि लामिछाने बिच भेटघाट

सहारा टाइम्स
काठमाडौँ भदौं १५ गते ।
प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज विशेष भेटवार्ता सम्पन्न भएको छ । भेटमा उहाँहरूबीच रसुवाको भोटेकोशी नदीमा आएको अविरल बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे गहन छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भेटका क्रममा बाढी प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत सामग्रीको आपूर्ति र क्षति पुगेका भौतिक संरचनाहरूको पुनःस्थापनाका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।

सो अवसरमा सम्माननीय प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सम्पूर्ण सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनुभयो । सरकारले प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा उद्धार र राहत कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया