Khadya Bibhag

काँग्रेसद्वारा राहत ल्याउन प्रदेश सरकारसँग माग

कैलाली जेठ १६ गते । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले जारी निशेधाज्ञाका कारण प्रभावित भएका मजदूर वर्गका लागि राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गरेको छ । काँग्रेस सुदूरपश्चिम संसदीय दलको आज यहाँ बसेको बैठकले कोभिड–१९ सङ्क्रमणका कारण जारी निशेधाज्ञाले प्रभावित भएका ज्यालादारी गरेर खाने मजदूर वर्गका लागि तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको बताइएको छ ।

संसदीय दलका नेता डा। रणबहादुर रावलले सरकारले अहिलेसम्म मजदूरका लागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताउनुभयो । अगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवं समयानुकूल ल्याउन समेत सरकारलाई सुझाव दिइने उहाँको भनाइ छ ।

नेता डा रावलले प्रदेश सरकारले संविधानभन्दा बाहिर गएर आफ्नो सरकार सुरक्षित राख्न मन्त्रीमण्डल विस्तार गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,– “कोरोना महामारीमा जनताको काम गर्नुको सट्टा प्रदेश सरकार सत्ता टिकाउने खेलमा लागिपरेको छ ।”

तपाईको प्रतिक्रिया