जसपाका निलम्बित चार सांसदले पाए मतदानको अधिकार

रुपन्देही जेठ १६ गते । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि लागेको उपनिर्वाचनमा चारजना मतदाता थपिएका छन् । जनता समाजवादी पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो।

निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका चारजना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई कारबाही गर्नुभएको थियो । उहाँहरू मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेको कारण कारवाही गरिएको थियो । उहाँहरूलाई पार्टीको सिफारिसमा सभामुखले पदमुक्त गर्नुभएको थियो । चार।जनाले सर्वोच्चम मुद्दा हाल्नुभएको थियो । सर्वोच्चले उहाँहरूलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दियो ।

पार्टीले कारबाही गरेको हुँदा उनीहरूले मतदान गर्न नपाउने भनिएको थियो।

तपाईको प्रतिक्रिया