जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न भएका प्रयास

जानकारी मन्दिरलाई विश्व सम्पाद सूचीमा राख्न हस्ताक्षर अभियान सञ्चालन गर्दै

-राजकुमार महतो

हिजो नेपाल सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेट वकत्वमा जानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउने प्रकृया अगाडी बढाउने बुंदा राखेको छ, त्यो स्वागत योग्य कुरा हो । तर यो खासै उल्लेख्य कुरा होइन । किनकी दिल्ली अभि बहुत दुर है ।
विडम्बनाको कुरा के हो भने, बजेट वक्तव्यलाई जानकी मन्दिर विश्व सम्पदामा घोषणा नै भई सक्यो र यसको सम्पूर्ण श्रेय जनकपुरधाम उपमहानागरपालिकाका मेयर लाल किशोर साहले लिनु र कतिपय बौधिक व्यक्तित्वहरु पनि त्यसै गरी सामाजिक संजालमा लेख्नु हांसो र दुःखद दुवै कुरा हो । किनकी जानकी मन्दिरलाई विश्व सम्पदा सुचिकरण कुनै एक व्यक्ति वा एक संस्थाको एकल प्रयासले हुने कार्य होइन । यसमा हजारौ व्यक्ति, सयौ संस्था तथा अधिकतम सरोकारवालाहरुको निरन्तर प्रयास, कठिन भौतिक तथा बौधिक मेहनत आवश्यक हुन्छ ।
सम्बन्धित सम्पूर्णको जानकारीको लागि ः सन् २००८ मा नेपाल सरकारले जानकी मन्दिरलाई विश्व सम्पदामा सुचीकरणको लागि टेन्टेटिभ लिस्टमा दर्ता गराएको थियो । त्यस पश्चात सन् २००८ देखि २०१३ सम्ममा यस बारे कतै बाट खासै प्रयास भएको थिएन । यहांहरुलाई जानकारी नै छ, सन् २०१४ देखि भोरको नेतृत्वदायी सहजिकरणमा जानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकरण अभियान संचालित छ । यस अभियानको प्रगतिको सारांस विवरण यस पोष्टको तल एउट न्यूज लिंकमा छ ।
यस अभियान सित सम्बन्धित केही फोटो, प्रकाशित समाचार, सरकारी पत्रहरु यहांहरुको जानकारीको लागि यही संलग्न गरेको छु । खासमा भन्ने हो भन्ने, जानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकरण गराउने प्रकिया अगाडी बढाउन आवश्यक प्रशासनिक कार्य (तल बुंदागत रुपमा दिएको छ) जनकपुरधाम उपमहानगरपालिकाले अगाडी बढाई रहेको छैन । त्यसको ठिक विपरित जानकी मन्दिरको भौतिक संरचना र मौलिकता माथि संकट निम्त्याउने कार्य विभिन्न पक्षबाट हुंदा समेत जनकपुरधाम उपमहानगरपालिका मौन बसेको छ ।
अब आफै विचार गर्नुस वास्तविकता के हो? हजारौ व्यक्ति र सयौ संस्थाको प्रयासलाई मैले मात्र गरेको हो र त्यो पनि गर्दै नगरेको कार्यको झुठा जस लिने, जनतामा भ्रम फैलाउने जस्ता कार्य पाप हो ।
यस्तो पाप कसैबाट नहोस । सस्तो लोकप्रियतामा नलागि हामी सबै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिकरणको लागि आवश्यक तल उल्लेखित ठोस कार्यहरु यथासम्भव छिटो गराउन जनकपुरधाम उपमहानगरपालिकालाई सकारात्मक दवाव दिऔं । भ्रम, झुठा खेती, र सस्तो लोकप्रियताले जानकी मन्दिर विश्व सम्पदामा जान्दैन, यसको लागि ठोस प्रसाशनिक, प्राविधिक तथा व्यवस्थापकिय कार्य गर्नु पर्ने हुन्छ ।
जानकी मन्दिरलाई विश्व सम्पदा स्थलमा सुचिकृत गराउन नोमिनेशन फाइल तयारीकोलागि मुख्य तिन कार्यहरु गर्न जरुरी छन् । यी कार्यहरु छिटै सम्पन्न गर्नु पर्नेछ । यसमा यहांहरुको सक्रिय सहभागीता र सहयोग आवश्यक छ ।
१. पुरातत्व विभाग, स्थानीय निकायहरु र अभियान सहितको कुशल र प्रभावकारी कार्य समन्वय समिती जनकपुरधाममा गठन गर्ने ।
२. जानकी मन्दिरलाई विश्व सम्पदा स्थलमा सुचिकृत गराउन नोमिनेशन फाइल तयारीकोलागि स्थानीय निकाय र सरोकारवालाहरुले सिमाना निर्धारण गर्ने ।
३. जानकी मन्दिर लगायत जनकपुर क्षेत्रलाई नेपाल सरकारद्धारा संरक्षित मोनुमेन्ट क्षेत्रको रुपमा घोषणा गराउन व्यापक पहल गर्ने ।

तपाईको प्रतिक्रिया