काठमाडौँ जेठ १७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजनका लागि बहुमत पुर्याउनमा सहयोग पुर्याउनका लाग प्रधानमन्त्री केपी शर्मा अोलीसँग आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री अोलीसँग बालुवाटारमा सोमवार भेट्न जानु भएका अध्यक्ष भट्टराईले पार्टीमा आफूहरुको बहुमत नरहेका कारणले निर्णय लिन गाह्रो भइरहेको हुनाले पार्टीमा बहुमत पुर्याउना लागि सहयोग गर्न आग्रह गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ । संसदीय दलमा बहुमत रहेपनि हाल त्यो विघटन रहेकाले पार्टीबाट कुनै निर्णय गर्ने अवस्था नरहेको अध्यक्ष ठाकुरको भनाई थियो ।
पार्टीको केन्द्रीय समिति र कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादवको बहुमत रहेको छ । सरकारमा जानका लागि पार्टीमा निर्णय गर्ने भनिए पनि बहुमत नहुँदा पार्टीमा निर्णय गर्न सकिरहेको छैन । त्यसैले अध्यादेश ल्याएर हुन्छ कि के गरेर हुन्छ पार्टीमा बहुमत पुर्याउनमा सहयोग गर्न आग्रह गरेका भित्र देखिएको विवाद निदान नभएसम्म सरकारमा नजाने भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अध्यक्षतामा जेठ ८ गते बसाउनु भएको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने नेता तथा कार्यकर्ताको पार्टी सदस्यता स्वतः रद्द हुने निर्णय गराउनु भएको थियो । त्यसको डरले पनि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर सरकारमा जाने निर्णय गर्न सकिरहनु भएको छैन ।


तपाईको प्रतिक्रिया