काठमाडौँ जेठ १७ गते । सरकारमा सहभागीको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा छलफल चलिरहेको छ । प्रधानमन्त्री ओलीसँग मन्त्रालयको साख्याँमा कुरा मिल्यो भने आज या भोलीसम्म सपथ लिने तयारी भइरहेको छ ।
जसपा नेपालले १० वटा मन्त्रालय माग गरेको छ । तर कुन कुन मन्त्रालय लिने त्यस बारेमा प्रधानमन्त्री ओलीसँग टुगों लागेको छैन । वरिष्ठ नेता राजेन्द्र महतोले गृहमन्त्रालयसहित उपप्रधानमन्त्रीको पनि माग गर्नुभएको छ तर प्रधानमन्त्री अोलीले गृहमन्त्रालय दिन मान्नुभएको छैन ।
जसपा नेपालले माग गरे अनुसार मुद्दा फिर्ता, संविधान संशोधनको पं्रकृया सुरु भएको र नागरिकताको समस्या पनि अध्यादेशमार्फत गरेको कारणले सरकारमा सहभागी हुन तयार भएको हो ।


तपाईको प्रतिक्रिया