Khadya Bibhag

लुम्बनीम चुनाव सम्पन्न, मतगणना सुरु

रुपन्देही जेठ १७ गते । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा लागि भएको उपनिर्वाचन सम्पन्न भइसकेको छ । मतदानपछि केहीबेर अघिदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको छ ।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता थिए भने प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ छ ।

यसअघि बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी थिए । तीनजना जनप्रतिनिधि अनुपस्थित थिए । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेश तर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे ।

यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।

तपाईको प्रतिक्रिया